यो पटकपनि इक्यानको उपाध्यक्षमा उमेद्वारी दिदै कृष्णहरी केसी

सोमबार, १४ पौस २०७६

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को १४ औं महाधिवेशन नजिकिदै छ । निर्वाचन पनि संगै हुने भएकाले यस पटकको अधिवेशनलाई विशेष रुपमा हेरिएको छ ।

इक्यानको अघिल्लो निर्वाचनमा स्वतन्त्र रुपमा उमेद्वारी दिएर चर्चामा आएका सुप्रिम एजुकेशनका संचालक कृष्णहरी केसीले यो पटकपनि उमेद्वारी दिने तयारी गरेका छन् । अघिल्लो निर्वाचनमा प्रचार प्रशारको कमी तथा विविध कारणले निर्वाचन हारेका केसीले यो पटक जसरीपनि जित्ने गरि उमेद्वारी दिने तयारी गरिरहेको बताएका छन् ।

निर्वाचनमा एक भोट भएका पनि एक्लै लड्नुपर्छ भन्ने मान्यता राख्ने केसी यो पटक अलि फरक तरिकाले चुनाव लड्ने मनस्थितिमा रहेका छन् । अघिल्लो बर्षको जस्तोगरी स्वतन्त्र रुपमा उमेद्वार बन्ने भन्दा पनि राम्रो टिम भएको खेमामा गएर उमेद्वारी दिने सोच बनाएको उनी बताउँछन् ।

आफ्नो पुरै जिन्दगी शैक्षिक कन्सल्टेन्सी क्षेत्रमा लगाएका केसी इक्यानका संस्थापक मध्यका एक हुन् । विगतमा कसैले आइरिन बनाएर गए कसैले नेका बनाएर गए तर उनी अहिलेसम्म विचलित भएका छैन् । लामो समय शैक्षिक परामर्श क्षेत्रमा विताएका उनले परामर्श व्यवसायलाई मर्यादित, व्यवस्थित तथा इज्जतिलो पेशाको रुपामा स्थापित गराउन इक्यानमा आफ्नो आबश्यकता महशुस भएको बताउँदै आएका छन् ।

अघिल्लो चुनावमा कुनैपनि खेमामा नहेका केसीलाई ३९ भोट आएको थियो । यो उनको गोजी भित्रको भोट हो । यो पटक कुनै टिममा रहेर चुनाव लडेको खण्डमा केसीले चुनाव जित्ने लगभग पक्का छ ।