दर्ता नभएको आइडिपिलाई कसले दियो शैक्षिक मेलाको अनुमति ?
काठमाडौं – दर्ता नभएको आइडिपि एजुकेशन स्टुडेन्ट सर्भिसेस् ले अस्ट्रेलिया शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । यही पुस २६ गते शनिबारका दिन काठमाडौंको होटल ¥याडिसनमा मेलाको आयोजना गर्न लागिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शैशिक परामर्श तथा प्रमाणिकरण शाखाले अनुमति नदिएको आइडिपिलाई मेलाको अनुमति कसले दियो ? यो खोजिको विषय बनेको छ ।
शैक्षिक परामर्श सेवाको अनुमति नपाएको आइपिडि एजुकेशन स्टुडेन्ट सर्भिसले शक्तिको आडमा मन्त्रालयका कर्मचारीलाई प्रभावमा पारेर गैरकानुनी रुपमा शैक्षिक मेलाको आयोजना गरिएको हुनसक्ने आशंका गर्न थालिएको छ । सर्वोच्व अदालतको अन्तरिम आदेशलाई आधार बनाएर सेवा सुरु गरेको आडिपिलाई शिक्षा मन्त्रालयले अहिलेसम्म पनि अनुमति दिएको छैन् ।
पत्रकार सम्मेलन गरि सेवा सुचारु गर्ने जानकारी गराएको भोली पल्ट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आडिपिलाई अनुमति नदिएको भनेर स्पष्ट पारिसकेको छ । मन्त्रालयले अनुमति नदिएको मात्र होइन् आइडिपिबाट सेवा समेत नलिने सम्बन्धित पक्षलाई अनुरोधसमेत गरेका छ । उसले कम्पनी रजिस्ट्रारको कार्यलयमा दर्ता भएको भरमा परामर्श सेवा सुचारु गर्न नपाई बताउँदै आएको छ ।
विभिन्न शक्ति केन्द्रहरुको आडमा अदालतको आदेश देखाउँदै आइडिपिले परामर्श सेवा दिने मात्र होइन् विभिन्न खालको तयारी कक्षासमेत चलाउँदै आएको छ । शैक्षिक परामर्श, भाषा शिक्षण, ट्युसन तथा तयारी कक्षाहरु संचालन गर्नका लागि नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाबाट अनिवार्य अनुमति लिन पर्ने हुन्छ । तर आइडिपिले आजसम्म त्यहाँबाट कुनैपनि अनुमति लिएको छैन् ।
परामर्श सेवाको अनुमति नपाएको आइडिपिलाई तारे होटलमा शैक्षिक मेलाको अनुमति कसले दियो ? अर्को अंकमा यसको नालिवेली सहितको विशिेष सामाग्री सम्प्रेशण गर्ने छौं ।
