इक्यानमा के पाक्दैछ खिचडी ? अध्यक्षमा कसले मार्ला बाजी ?
काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २६ गते शनिबार महाधिवेशन हुँदैछ । त्यहि दिन नयाँ कार्यसमिति समेत चयन हुनेछ ।
महाधिवेशन आउन मात्र ५ दिन बाँकी रहदा कसैका लागि पनि सहमति हुन् सकेको छैन् । प्याकेजमै सहमति गरेर एकता महाधिवेशनको सन्देश दिन खोजिएको भएतापनि अझै सहमति हुन् सकेको छैन् । यो समाचार तयार पार्दासम्म अध्यक्षका प्रत्यासी इक्यानका अध्यक्ष विष्णुहरी पाण्डे र निर्वतमान अध्यक्षमा प्रकश पाण्डेका बीचमा सहमति गर्न खोजेपनि सहमति हुनसकेको छैन् ।
दुबै पाण्डेले आ–आफ्नो अडान नछोडेपछि अहिलेसम्म सहमति नभएको हो । अहिलेका अध्यक्ष पाण्डेले आफ्नो कार्यकालमा इक्यान भित्र धेरै किसिममा सुधारहरु भएको र बाँकी केही सुधारहरु गर्न पर्ने भएकाले अवको नेतृत्व पनि आफैले पाउनु पर्ने अडानमा छन् । विविध कारणले इक्यान छोडेर गएकाहरुको टिमलाई फेरी इक्यानमा फर्काउन आफू सफल भएको भन्दै पाण्डेले अवको एक कार्यकाल फेरी इक्यानको नेतृत्व गर्न चोहेको बुझिएको छ ।
यता निर्वतमान अध्यक्ष प्रकाश पाण्डेले अघिल्लो निर्वाचनमा भएका जेन्टलमेन्ट एग्रिमेन्टहरु कार्यन्वयन हुनुपर्ने भन्दै आफ्नो अडान कायम राखेका छन् । प्रकाश पाण्डेले विष्णुहरी पाण्डेको कार्यकालमा ‘राष्ट्रिय शिक्षा नीति २०७६’ आउँदा पहल कदमी नलिएको भन्दै शिक्षा नीतिका केही प्रावधानहरुलाई हटाउन आफ्नो नेतृत्व आवश्यक भएको बताउँदै आएका छन् । १३ औं निर्वाचनको वेलामा एक कार्यकालमा लागि विष्णुहरी पाण्डेलाई अध्यक्ष बनाउने र अर्को कार्यकालमा प्रकाश पाण्डेलाई सहयोग गर्ने सहमति भएको थियो ।
प्रकाश पाण्डेले सरकारी पक्षसँग आफूले लभिङ गर्नसक्ने भनेपनि विष्णुहरी पाण्डेविना प्रकाश पाण्डेले पनि केही गर्न सक्नेवाला छैनन् ।
अरु को–को छन् अध्यक्षका प्रत्यासी ?
यदी पाण्डे भाईका बीच सहमति भएन भने आगामी पुस २६ गते निर्वाचन हुने निश्चित छ । निर्वाचन भएको खण्डमा इक्यान भित्रिएका सरोज बस्नेतको टिम निर्णायक हुनेछ । यदी निर्वाचन भए सरोज बस्नेतलाई जसले कन्भिन्स गर्नसक्छ उसैको पल्ला भारी हुनेछ ।
१) विष्णुहरी पाण्डे : इक्यानका अध्यक्ष विष्णुहरी पाण्डेले इक्यानको विद्यान अनुसार दोश्रो कार्यकालका लागि उमेद्वारी दिने छन् । उनले आफू अध्यक्ष भएपछि इक्यान भित्रका धेरै कुराहरुको सुधार गरेकाले आगामी कार्यकालमा पनि आफैले नेतृत्व गर्ने बताउन थालेका छन् । शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थीत, मर्यादित बनाउन र व्यवसायीहरुलाई उर्वावान बनाउनका लागि फेरी इक्यानको नेतृत्व लिन चोहको बुझिएको छ । इक्यान छोडर गएकाहरुलाई फेरी इक्यानमा भित्राएपछि उनको मनोवल उच्च बनेको छ ।
२) प्रकाश पाण्डे : निवर्तमान अध्यक्ष प्रकाश पाण्डे फेरी इक्यानको नेतृत्व गर्नका लागि तम्सीएका छन् । अघिल्लो कार्यकालमा विष्णुहरी पाण्डेलाई बोकेर चुनाव जिताउन मरिमेटेका पाण्डेले अन्त्यमा विष्णुहरीले आफूलाई समर्थन गर्न सक्ने आशा कायमै राखेका छन् ।
तर विष्णहरी पाण्डे लगायतकोे टिमले पूर्व भइसकेको मान्छेलाई अध्यक्षमा फेरी ल्याउँदा राजेन्द्र बराल र दिपक गुरुङले पनि अध्यक्षका लागि चाहाना राख्ने भएकाले आफ्नो अडान नछोड्न विष्णुहरीलाई सल्लाह दिइरहेका छन् । उसो त विद्यान सम्बतनै अध्यक्षले दुई कार्यकालसम्म नेतृत्व गर्नसक्ने भएकाले प्रकाश पाण्डेलाई नीतिगत रुपमा भने समस्या छैन् । यद्यपि पाण्डेले सहमति भएपनि नभएपनि आफू नै आगामी अध्यक्ष भएको भन्दै मतदातासँग भोट मागिरहेका छन् ।
३) महेशबाबु तिमल्सिना : इक्यानका प्रथम उपाध्यक्ष महेशबाबु तिमल्सिना पनि अध्यक्ष लड्ने तयारीमा छन् । उनले औपचारिक रुपमा घोषणा नगरेको भएपनि दुवै पाण्डे चुनावि मैदानमा होमिएको खण्डमा उमेद्वारी दिने दाउ पालेर बसेका छन् । उसो त लोकतान्त्रीक खेमाको नेतृत्वका गर्ने तिमल्सिना एक्ला एक्लै भएपनि लड्ने मनस्थितिमा रहेको उनी निकटहरुको भनाई छ ।
विष्णुहरी पाण्डे र प्रकाश पाण्डे चुनामी मैदानमा होमिएको खण्डमा सहज जित निकाल्नका लागि उनलाई सजिलो हुनेछ । इक्यानमा दुई कार्यकाल महासचिव र एक कार्यकाल उपाध्यक्ष चलाएका उनलाई परामर्श क्षेत्रभित्रका सबै नालिवेलीको बारेमा जानकीरी भएकाले व्यवसायीहरुले पनि साथ दिनसक्ने छन् । मोटिभेट न्यूज डटकमसँग कुरा गर्दै तिमल्सिनाले आफू अधिकतम सहमतिको पक्षमा भएको बताए ।
उनले अन्तिमसम्म पनि आफूले सहमतिकै पक्षमा लभिङ गर्ने तर सहमति नभए प्यानल सहितै चुनावि मैदानमा होमिने योजना बनाएको उनी निकट व्यवसायीहरुको भनाई छ । कंगारु एजुकेश फाउण्डेशनका संचालक समेत रहेका तिमल्सिनालाई कंगारुकै ब्राण्डका कारण पनि बजारमा धेरैले उनलाई रुचाउने गरेका छन् ।
४) देविदास भट्टराई : इक्यानका उपाध्यक्ष देविदास भट्टराई पनि इक्यानको अध्यक्षमा उमेद्वारी दिने गरि तयारी गरिरहेका छन् । भट्टराई आफू निकटका व्यवसायीहरुसँग भोट माग्न थालिसकेको एक व्यवसायीले बताएका छन् । भित्रभित्रै उनले एउटा माहोल बनाईसकेको उनी निकट व्यवसायीहरुको भनाई छ । पार्टीगत रुपमा कम्युनिस्ट भएपनि भट्टराईले जसरीपनि अध्यक्षमा लड्ने बताउँदै आएका छन् ।
५) बुद्धिप्रसाद रेग्मी : लामो समय अमेरिका बसेर नेपाल आएका बुद्धि प्रसाद रेगमीले पनि अध्यक्षमा उमेद्वारी दिने चर्चा बजार सुन्न पाइन्छ । कन्सल्टेन्सी संगै इभेन्ट म्यानेजमेन्टको कामसमेत गर्दै आएका रेग्मी शैक्षिक परामर्श क्षेत्रको बदनाम नाम हो । असारमा सम्पन्न इक्यानको शैक्षिक मेला आयोजना गर्ने जिम्मा पाएका रेग्मीले मेला सोचेजस्तो गरि संचालन गर्न नसक्दा उनको बचेको शाख पनि झन खस्किएको थियो ।
यदि पाँचै जना चुनावि मैदानमा होमिएको खण्डमा यसको निर्णायक हुनेछन् सरोज बस्नेत । इक्यान छोडर केही समय बाहिर बसेका बस्नेत सहितको टिम केही दिन अघि इक्यान फर्किएको छ । उनीहको टिमलाई मताधिकार समेत दिएकाले त्यो टिमनै इक्यान भित्रको मुख्य निर्णायक हुनेछ । किनकि इक्यान भित्रिने वेलामा उनीहरुलाई भोट हाल्न मिल्ने छ भने उमेद्वार बन्ने पाउने छैनन् । उक्त सहमतिका कारण ४० जना मध्येबाट कोही पनि उमेद्वार नहुँने भएकाले उनीहरुले एकै ठाउँमा भोट हाल्ने इक्यान फर्किएका एक सदस्यले बताए ।
सरोज बस्नेतलाई जसले फकाउन सक्छ अथवा जसले धेरै आश्वासन दिन सक्छ उसैले आगामी नेतृत्व हत्याउन सक्ने सम्भावना बलियो छ । उसो त लोकतान्त्रिक खेमाका बस्नेत अतिकति कुरा मिलेको खण्डमा महेशबाबु तिमल्सिनातिर ढल्कीन सक्ने व्यवसायीहरुको भनाई छ । यद्यपि इक्यानमा विभिन्न खालको जोखिमहरु मोल्दै टुक्रिएर गएकाहरुको टिमलाई भित्राउन सहयोग गरेको भन्दै विष्णुहरी पाण्डेलाई सहयोग गर्नसक्ने सम्भावन पनि बलियो छ । इक्यानमा ४७७ जना सदस्यहरु छन् । यी सबैले भोट हाल्ने अधिकार पाउनेछन् ।
महासचिवमा तीन जनाको भिडन्त
अध्यक्ष मात्र होइन् महासचिवमा पनि ठुलै लडाई हुने देखिएको छ । अहिलेका महासचिव शेषराई भट्टराई आफूले धेरै सुधारका कामहरु गरेकाले आगामी कार्यकालमा पनि आफैले महासचिव चलाउन पाउनुपर्ने बताउँदै आएका छन् । उनी निर्वाचित हुँदै गर्दा धेरैले नयाँ मान्छेले के गर्नसक्ला भनेर कुरा काट्ने गरेको स्मरण गर्दै उनले इक्यान भित्रका गतिविधिले उनीहरुका लागि गतिलो जवाफ भएको बताएका छन् । अझै इक्यानको महासचिवमा इक्यानियनहरुले आफूलाई हेर्न चाहेको उनको भनाई छ ।
राजेन्द्र रिजाल : इक्यानका उपाध्यक्ष राजेन्द्र रिजाल पनि महासचिवमा लड्ने मनस्थिति बनाइरहेको बुझिएको छ । लामो समय सचिव र उपाध्यक्ष भएर इक्यानलाई स्मार्ट इक्यान बनाउन सफल रिजाल यो पटक कार्यकारी पदमा रहेर इक्यान भित्र केही नयाँ सुरुवात गर्ने सोचमा रहेको उनी निकट व्यवसायीहरु बताउँछन् । सूचना प्रविधिको क्षेत्रमा अब्बल रिजाल महासचिवका लागि उपयुक्त पात्र हुन् । यद्यपि शेषराज भट्टराई महासचिवमा फेरी लडेको खण्डमा उनी व्याक हुनसक्ने बताइएको छ ।
दिपकराज भुषाल : इक्यानका सचिव दिपकराज भुषाल पनि इक्यानको महासचिवको दौडमा छन् । विभिन्न ठाउँका व्यवसायीहरुलाई भोट्दै हिडेका भुषालले यो पटक आफूलाई भोट दिएर जिताउन सबैलाई अपिल गरिरहेका छन् । उनले सचिव रहँदा इक्यान फेयरको जिम्मा पाएका थिए । आफ्नो कार्यकाललाई कुशलता पूर्वक सम्पन्न गरेको भन्दै उनले आगामी कार्यकालमा व्यवसायीहरुको हितका लागि काम गर्ने अवसर दिन आग्रह गरिरहेका छन् ।