इक्यानमा महासचिवको उत्कृष्ट कार्यसम्पादन, २० महिनामा के–के भए सुधार ?
काठमाडौं – नेपाल शैक्षिम परामर्श संघ (इक्यान)मा नयाँ कार्यसमिति आएको करिव २० महिना पुगेको छ । २० महिनाको समयावधिमा धेरै किसिमका उताव चढावहरु आए । कहिले आइडिपिका कारण इक्यान फुट्यो, त कहिले फुटेर गएकाहरु फेरी इक्यान फर्किए ।
यो उताव चढावलाई कम गर्न इक्यानका महासचिव शेषराज भट्टराईको भुमिका महत्वपूर्ण रहयो । पहिला इक्यान भित्रै समस्याको समाधान गर्नपर्छ भनेर वकातल गर्दै आएका भट्टराई अहिले फुटेर गएकाहरुलाई फेरी इक्यान फर्काउन सफल भएका छन् । उनले ठुलो जोखिम मोलेर सरोज बस्नेतहरुको टिमलाई इक्यानमा लिएर आएका छन् । इक्यान अध्यक्ष विष्णुहरी पाण्डेलाई मनाउन त उनलाई धेरै गाह्रो भएको थिएन, जति निर्वतमान अध्यक्ष प्रकाश पाण्डेलाई कन्भिन्स गर्न भएको थियो ।
निर्वाचनको मुखमा ४० जना भोटरलाई इक्यानमा ल्याउँदा उनीहरुको भोट निर्णायक हुने प्रकाश पाण्डेले राम्रोसँग अंक गणित बुझिसकेका थिए । तर पनि शेषराज भट्टराईले प्रकाश पाण्डेलाई मनाए र सहमतिसहित फेरी पनि समाचार बने सरोज बस्नेत । अहिले त्यहि ४० जनालाई देखाएर विष्णुहरी पाण्डेले प्रकाश पाण्डेसँग बार्गेनिङ गरिरहेका छन् ।
निर्वाचनमा भाग लिदै गर्दा शेषराज भट्टराईलाई नयाँ मान्छे इक्यानको कार्यकारी पदमा आएर के गर्ला ? भन्दै होच्याउने गरेको कुरा स्मरण गर्दै इक्यान महासचिव भटट्राईले त्यहि कुरालाई इख सम्झिदै चुनावमा नसोचेको परिणाम ल्याएर अप्रत्यसित जित हाँसिल गरे । विरोधिहरुले गरेका विरोधहरुलाई सम्झिदै भट्टराईले पहिलो बाचा गरे, ‘अध्यक्षसँगको सम्बन्ध कहिलै नविगार्ने ।’
मोटिभेट न्यूस डटकमसँग कुरा गर्दै भट्टराईले भने, ‘अघिल्ला कार्यकालहरुमा अध्यक्ष र महासचिवका बीचमा कुराहरु नमिल्दा धेरै सुधार गर्न खोजेका कामहरु अपुरै रहेका मैले मेरै आँखाले देखेको थिए । इक्यान बनाउने हो भने अध्यक्ष र महासचिवको सम्बन्ध सुमधुर हुनपर्छ भन्ने लाग्यो र अध्यक्षको सहि प्रस्तावमा समर्थन जनाईदिए ।’
के–के हुन् महासचिवले सुधार गरेका कामहरु ?
आफ्नो २० महिने कार्यकालमा इक्यान महासचिव शेषराज भट्टराईले धेरै सुधारका कामहरु गरेका छन् । इक्यानलाई छोडेर गएका बस्नेत सहितको टिमलाई पुनः इक्यानमा ल्याउनलाई आफ्नो कार्यकालको सबैभन्दा ठुलो उपलब्धि ठान्ने भट्टराईले इक्यानको महासचिव भएपछि स्मार्ट इक्यान बनाउन ठुलो भुमिका खेलेका छन् । इक्यानको स्थापना दिवसलाई इक्यानियन मैत्रि बनाउनका लागि केही सिक्ने र सिकाउने प्लेटफर्मको रुपमा विकास गरे । इक्यान स्थापन दिवसलाई फरक तरिकाले बनाउन उनले मोटिभेशनल कार्यक्रमहरुको डिजाइन गरे ।
विभिन्न खालको ट्रेनिङहरु राखेर इक्यानियनहरुलाई योग्य र क्षमतावान बनाउन पहलकदमि मात्र लिएनन्, त्यो काम गरेरै छोडे । नेपालको शैक्षिम परामर्श बजारमा विदेशी लगानी (एफडीआई) ल्याउन हुन्न भनेर लामो समय वकालत गरे । अहिले पनि गरिरहेका छन् । महासचिवकै अवधारण अनुसार स्मार्ट इक्यानको निर्माण गरिएको छ । इक्यानका सदस्यहरुले सबै विवरण अनलाइनमार्फत जानकारी लिन सकिने व्यवस्था गरिएको छ । इक्यानलाई पूर्ण प्रविधिमा आधारित संस्था बनाइएको छ ।
सांगठनिक रुपमा पनि इक्यानले ठुलो फट्को मारेको छ । २० महिनाको अवधिका झापामा संयोजन समिति गठन गरिएको छ भने रूपन्देहीमा इक्यानको शाखा विस्तार गरिएको छ । ३७७ जना सदस्य रहेको इक्यानमा सदस्यता बढाएर पाँच सय भन्दा बढि पुर्याइएको छ । यी सबै काम महासचिवकै नेतृत्वमा भएका हुन् ।
विभिन्न देशका कुटनीतिज्ञहरुको भेटघाटलाई बाक्लो बनाउँदै आफ्ना समस्याहरु समाधानका लागि पहल पनि महासचिवकै नेतृत्वमा भएको थियो । नयाँ शैक्षिक गन्तव्यहरुको खोजि गर्ने क्रममा श्रीलंका र कोरियाको भ्रमण गर्ने व्यवस्था मिलाइएको थियो भने भ्रमण व्यवसायीका लागि फलदायि भएको थियो । फाम ट्रिपअन्तर्गत १८ जना इक्यानका पदाधिकारीलाई बेलायतमा भ्रमणको व्यवस्था मिलाएका थियोे ।
उनले आर्थिकरूपमा इक्यानलाइक्षर्् सवल बनाउन महत्वपूर्ण भुमिका खेल्दै शिक्षा नीतिमा शैक्षिक परामर्श व्यवसायलाई संघकै राख्न ठुलो पहल कदमि लिएका थिए । इक्यानका हरेक शैक्षिक मेलामा विदेशी कूटनीति नियोग र राजदूतको सहभागिता गराउने उनको महत्पूर्ण भुमिका रहेको थियो । अघिल्लो कार्यकालमा इक्यानलाई खासै वास्ता नगर्ने कूटनीति नियोगका पदाधिकारीहरु इक्यानको मेलामै आउनु ठुलो उपलव्धिको रुपमा लिइएको छ ।
मिडियासँगको सम्बन्धलाई सुधार गर्दै मिडियामैत्री इक्यान बनाउन उनले ठुलो भुमिका खेलेका थिए । इक्यानका पदाधिकारी भित्र भएका मनमुटावलाई दुर गर्न नियमित बैठक तथा छलफल राख्दै जिल्ला भेलाहरुपनि नियमित गरिएको थियो । २० महिने कार्यकालमा भट्टराई इक्यानले गर्ने हरेक क्रियाकलापमा ९९ प्रतिशत सहभागि हुन्थे । उनले २० महिनामा इक्यानलाई नै पहिलो घर सम्झेर काम गरेकै कारण आज उनलाई इक्यानियनहरुको एक विश्वास पात्रका रुपमा हेरिएको छ ।