जेठाजुले गरे बुहारीको हत्या

शनिबार, २५ माघ २०७६

काठमाडौँ -जेठाजुले धारीलो हतियार प्रहार गरी बुहारीको हत्या गरेका छन् । पाथीभरा याङ्वरक गााउँपालिका(२)खाल्टेमा शुक्रबार दिउँसो जेठाजु पूर्णकुमार लिम्बूले बुहारीको हत्या गरेका हुन् ।

घरायसी रिसीवीका कारण लिम्बूले बुहारी सुकमायालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । जिल्ला प्रहरी प्रमुख (डिएसपी) ज्ञानेन्द्रप्रसाद फुयाँलले हतियार प्रहारबाट उच्च रत्तश्रावका कारण सुकमायाको मृत्यु भएको जानकारी दिनुभएको हो ।

घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।