सुवास पछि पारस खड्का पनि आउट

आइतबार, २६ माघ २०७६

काठमाडौँ कीर्तिपुर मैदानमा जारी एक दिवसीय सिरिजमा नेपालले दोस्रो विकेट गुमाएको छ ।२२ रन जोडेर सुवास आउट भए पछि क्रिजमा आएका पूर्व कप्तान पारस खड्का ३८ रन जोड्दै आउट भए ।२३ ओभर सकिदा नेपालले दुई विकेट गुमाएर १०७ रन बनाएको छ ।आजको खेलमा अविनास बोहोराको ठाउँमा कमलसिंह ऐरी प्लेइङ इलेभेनमा परेका छन् ।एक दिवसीय क्रिकेटमा कमलसिंहको डेब्यू हो । बुधबार ओमानसँग नेपाल १७ रनले पराजित भएको थियो । उक्त खेलमा रहेका शरद भेषवाकर चोटका कारण आज छैनन् भने रोहितकुमार पौडेलको ठाउँमा कुशल मल्ल र अविनाशको ठाउँमा कमलसिंह ऐरी छन् ।

सन् २०१८ मा ओडीआईको मान्यता पाएको नेपालले पहिलो एक दिवसीय खेलिरहेको छ । ओमानसँग पहिलो खेलमा पराजित भएको नेपालले शनिबार दोस्रो खेलमा अमेरिकालाई हराएको छ ।