हेलमेटको कारण लाग्यो ४२ हजार जरिवाना

सोमबार, २७ माघ २०७६

एजेन्सी –भारतको ओडिशा परिवहन विभागले बिना हेलमेट मोटरसाइकल चलाएको भन्दै एक किशोरलाई ४२ हजार ५ सय रुपैया जरिवाना लगाएको छ ।

परिवहन प्राधिकरणका एक अधिकारीका अनुसार भद्रक जिल्लाका रानीगडिया इलाकामा आरटीओले एक किशोरको नियमित रुपमा जाँच गर्दा मोटरसाइकल चलाउँदै गर्दा पक्राउ गरिएको हो ।

ती किशोरसँग लाइसेन्स र बाइकको ‘ब्लु बुक’ पनि थिएन । त्यसपछि आरटीओले जरिवाना तिराउन लगाए । जसअनुसार चालान मोटर वाहन अधिनियम २०१९ को धारा १९४ डी (बिना हेलमेटको चालक र चालकको पछाडि बसेर सवारी चलाउने) र अन्य सम्बन्धित कारबाहीमा जरिवाना लगाइयो ।

प्रहरीले लाइसेन्स बिना मोटरसाइकल चलाएको (५ हजार) गलत दिशामा सवारी चलाएको (५ हजार), उमेर नपुग्दै सवारी चलाएको (५ हजार) बिना हेलमेट सवारी चलाएको (२५ हजार) सामान्य अपराध (५ सय) ट्राफिक नियमको उल्लघंन (१ हजार) दुई भन्दा बढी यात्रु चढेको (१ हजार ) गर्दै जम्मा ४२ हजार ५ सय रुपैयाको जरिवाना लगाएको हो ।