महान जनयुद्ध स्मरण गर्दै जाँदा…

सोमबार, २७ माघ २०७६

काठमाडौं – शहिदहरुले बगाएको रगत सुकेको छैन । जनयुद्ध आजै जस्तो जनताले देखिरा छ । माओवादी प्रतिबद्धता भुलेको छैन । त्यसैले अबिश्वास र आशंका गर्नुलाई सकारात्मक रुपमा लिनु पर्छ भन्ने निष्कर्ष रहयो ।

छाप्रेको एक सहिद परिवार बुबाले भनेको देउडा समग्र जनबोलिनै हो, त्यसैले उल्ले गरिएकोछ । देउडा यस्तो थियो ।

प्रचण्ड प्रचण्ड भन्या एमालेउदा गया
तमी पन कसिदाछौ त्यस्तरै नभया ।

यो देउडा गीत मननयोग्य छ । आजभोली गाउँ पुरै लुटेराहरु, जडेयाहरु, जुवाडेहरु, व्यविचारीहरु, भ्रष्टचारीहरु र कमिसनखोरहरुको कब्जामा गएको छ । ईमान्दार हरुसबै चुपचाप छन । सायद यो माओबादीले चुनावको बेला दिएको सिंहदरवारको उपहार हो की ? भनेर ब्याङ्गे गर्नेहरुको कमी पाईएन ।

यी तमाम बिषयमा जनतामा सायद पार्टी गठनदेखि हालसम्म छलफल गर्न सकिएको थिएन । पार्टीले यो पटक जनसास्कृतीक अभियान मार्फत जनतालाई संगठित गर्दै नयाँ सन्देश दिन सफल भएको छ ।

यो अभियान ठूलो उपल्बधीमूलक रहयो । अभियानमा थुप्रै राष्टवादीजनहरुको ठूलो साथ रहयो । अभियान जारी रहदा राष्टघातका सृखलाबद्द्ध घटना र प्रतिरोधस्वरुप पार्टी केन्द्रले अगाडि सारेका संघर्षका कार्यक्रमहरु सानदार सम्पन्न गरियो । यी सबै काम कारवाहीले कालिकोटको बर्ग संघर्ष नयाँ उचाईमा पुगेको छ । यसलाई निरन्तरता दिनु र प्रभावित जनसमुदायलाई सुसंगठित गर्नु अबको चुनौती रहेको छ ।

अभियान अवधिभर पार्टी प्रबेश र ध।त भएकाहरुको उचित व्यवस्थापन गरि पार्टीलाई जनतासँग जोड्न आवस्यक छ । पार्टीलाई तल्लो तहमा अझै बलियो बनाई जबस मोर्चालाई सक्रिय पार्नु र परिचालन गर्नु ठुलो चुनौति बनेको छ । यसका लागि सामना सास्कृती परिवारले जनसंगित मार्फत बस्तुगत स्थितीलाई अनुकुल बनाएको छ । यसलाई निरन्तरता दिदै जान जरुरी छ र सम्भव पनि छ ।

२०५२ फाल्गुन १ नेपाली भूमिमा सर्बहारा वर्गको सपनाको उद्घाटन भएको दिन । सशस्त्र युद्धको सुरुवात भएको क्षण । त्यो एउटा वर्गको विद्राह थियो भने एउटा वर्गको आतंकवाद । जनयुद्धको आँधिले दुनियाँ थर्कमान भएको थियो । तत्कालीन राज्य व्यवस्थाको विरुद्ध जनताले चालेको त्यो कदम वर्गसंघर्षको थियो ।

त्यो राजनैतिक वैचारिक युद्ध थियो । जसले नेपाली समाज र व्यवस्थाको कायापलट गर्ने सपना बोकेको थियो । २०५२ फाल्गुन १ देखि दश वर्ष नेपालमा वर्गसंघर्षको भूकम्प नै आयो । संस्कार संस्कृति चालचलनमा बदलाबहरु आए । यो कालखण्डमा जनताको सकृय सहभागिता रह्यो । ८० प्रतिशत भूभाग तत्कालिन नेकपा (माओवादी) को नियन्त्रणमा थियो ।

निम्ुखा जनताको बस्तीहरु आधार इलाकामा परिणत भए । जनयुद्धमा जनताका छोराछोरीको सहभागिताको तिब्रता बढ्यो, जनमुक्ती सेनाका निमार्ण भयो । जनकलाकारहरुले मुक्तिका गीतहरु गाउँदै जनताको घर आगँन पुगे । सहिद गेटहरु निमार्ण भए, कार्यकर्ताहरु अहोरात्र खटे । सहिदमार्ग निमार्ण भयो ।

कम्युन, सहकारी, नमुना स्कुल, नमुना हस्पिटल, उद्योग, बैंकहरु जनताको सक्रियतामा सञ्चालन भएका थिए । जनसरकारले जनताको हितमा काम गर्यो । त्यो समय, जनताको लागि सुनौलो थियो भने जनविरोधीहरु मुटुको काडा साबित अपराधी र फटाहाहरु जनताको जेलमा रहदै जनश्रम गर्दथे । २०६३ सम्म जनयुद्धको उभार थियो ।

जब १२ बुँदे सहमति हुँदै समय अगाडि बढ्यो बिस्तारै जनयुद्धको ओजमा गिरावट आउन थाल्यो, अन्तरिम संविधान हुँदै संविधानसभाको चुनाव भयो । जनयुद्ध ओझेलमा पर्दै गयो, बिडम्बना जनयुद्ध भन्ने शब्दसम्म संविधानमा कतै उल्लेख भएन । माओबादी नेतृत्व चुक्दै गयो । हजारौंको बलिदान त्याग तपस्या विरताको इतिहास जनयुद्ध हो ।

तर आज २५ औं जनयुद्ध दिवस आउँदै गर्दा जनयुद्धको आडमा स्थापना भएको गणतन्त्रकै व्यवस्थाका मालिक बनेका माओवादी नेताहरुले जनयुद्धको ‘ज’ बोल्न सक्ने हैसियतसम्म गुमाएका छ्न् । सहिदका आफन्तहरु सम्झनामै तड्पिदै छ्न्, घाइतेहरु निको हुन थालेको हिजोका घाउ चर्केको महसुस गर्दैछ्न्, बेपत्ता योद्धाका परिवारहरु आफन्तको पर्खाइमा छटपटाइ रहेका छन्, यो दर्दनाक स्थिती आजको बास्तविकता हो ।

अर्कोतिर एउटा जनयुद्धको ठूलो हिस्सा जनयुद्ध पूरा नभएको, राज्यले जनयुद्धप्रति नजरअन्दाज गरेको, जनयुद्धका मुख्य नेताहरुले आत्मसमर्पण गरेको भन्दै एकीकृत क्रान्तिको कार्यदिशा अवलम्बन गर्दै अघि बढेको छ । आजको परिदृश्यले पनि पुष्टि गरि सक्यो, जनयुद्ध अधुरै छ । किनकी सरकारले नेकपामाथि फरक कार्यदिशाकै आधारमा प्रतिबन्ध लगाउनु राजनैतिक स्वतन्त्रतामाथि बन्देज गर्दै सङ्कटकालको झल्को दिने गरी गैरन्यायिक हत्या, हिंसा, गिरफ्तार, धरपकड गर्दैछ ।

यी र यस्ता जनबिरोधी कार्यहरु आज माओवादी संलग्न व्यवस्थाले गरिरहेको छ । यो एउटा प्रमाण हो, जनयुद्ध सिद्दाउने खेलको । पद, प्रतिष्ठा, प्रलोभनको लागि के गरेन माओवादी मुख्य लिडरले यो छर्लङ्गछ भनिरहनु नपर्ला । तर यो इमानको खडेरी परेको अवस्थामा दलाल, भूमाफिया, भ्रष्टाचार, करछ्ली गर्ने ठगहरुको विरुद्ध राज्यलाई चुनौती दिदै जनताको आवाज ओकल्ने एउटा उदयमान शक्तिको रुपमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी स्थापित हुँदैछ ।

जनयुद्धलाई समय अनुकूल एकीकृत जनक्रान्तिको कार्यदिशामा ढाल्दै अगाडि बढ्नु यो कदम देशको लागी ऐ्तिहाँसिक महत्त्वको छ । विप्लव नेकपामाथिको प्रतिबन्ध फिर्ता लिएर राजनैतिक प्रतिस्पर्धा गर्न दिनुपर्छ सरकारले ।

यता क्रान्तिकारी माओबादी कमरेड मोहन वैद्यको राष्ट्रियता र राष्ट्रघातको विरुद्धमा अडिग हुँदै जनयुद्धको लाइन नछोड्नु सह्रानीय पाटो छ । त्यसैगरी गोपाल किराँती माओवादी, लोकेन्द्र विष्ट, साहित्यकार बलाराम तिमिल्सिना उहाँहरुको जनयुद्धप्रतिको लगाब र वर्गप्रेमको ओकालत महत्त्वपूर्ण छ । यो शक्ति सिद्धान्त र कार्यदिशामा बहस गर्दै मिल्न सक्ने कुरामा मिल्दै एक ठाउँमा गोलबन्द हुँदै एकाकार भएर जनयुद्धको उपलब्धीको रक्षा गर्दै जनयुद्धको विकास गरेर अगाडि बढ्नु पर्ने समयको माग देखिन्छ ।

जनयुद्ध बलिदानको इतिहास हो, परिवर्तनको महाअभियान हो, कसैले पनि कमजोर ठानेर हाटहुटमा ठिक पारिन्छ भन्ने कल्पना नगरे हुन्छ । जनयुद्ध दिवस श्रमिकहरुको चाडको रुपमा हर्ष उल्लासका साथ मनाऔं ! जनयुद्धको अधुरो सपना परिवर्तनकारी सचेत योद्धाहरुले पूरा गर्ने कर्तब्य बोध गरौं ! सम्पुर्ण न्यायप्रेमी जनसुदायहरूमा अपिल गर्न चाहान्छु ।