गायिका श्वेता उप्रेतीको दोश्रो एल्बम ‘चस्का’को थाईलैण्ड विमोचन

सोमबार, २७ माघ २०७६

थाईलैण्ड – सात बर्षको अन्तरालपछि गायिका श्वेता उप्रेतीको गीति एल्बम ‘चस्का’को विमोचन गरिएको छ । थाईलैण्डको पटाया शहरको माईकबीच रिसोर्टमा वल्र्डवाईड मिडियाको आयोजनामा आयोजित ग्लोबल ईन्टरनेशनल अवार्डको भव्य समारोहका वीचमा गायिका श्वेता उप्रेतीको दोश्रो गीति संग्रह ‘चस्का’को विमोचन गरिएको हो ।

बरिष्ठ गायक सिताराम पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित उक्त विमोचन समारोहमा वरिष्ठ गीतकार डा.डि.आर. उपाध्याय, गायक एवं संगीतकार सुरेन्द्र श्रेष्ठ, बरिष्ठ ईभेन्ट निर्देशक लब वहादुर कार्की तथा गायिका स्वेताको हातबाट उक्त एल्बमको विमोचन गरिएको थियो ।

प्रमुख अतिथि तथा बरिष्ठ गायक सिताराम पोखरेलले गायिका श्वेता उप्रेतीको आवाजको प्रशंसा गर्दै गीतिसंग्रह ‘चस्का’को लोकप्रियाताको कामना गरे । गायिका श्वेता उप्रेतीले बिमोचन कार्यक्रममा बोल्दै दिग्गज कलाकारहरुको माझमा आफ्नो गीतिसङ्रह बिमोचन गर्न पाउँदा आफू निकै हर्षित भएको र सौभाग्यशाली भएको बताईन ।

सातवटा गीत समावेश उक्त गीति संग्रहमा समावेश चस्का बोलको टाईटल गीत समारोहमा गाएर सुनाएकी थिईन । चस्का, तिमी मेरो को हौ ?, बसन्ती हावा, आंखा मेरो, रसिलो बोली तिम्रो, मलाई प्रित देउ, र मनलाई वोलको गीत समावेश गरिएको उक्त एल्बममा समावेश गीत मध्ये तिमी मेरो को हौ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भैसकेको छ ।

जसमा नायिका प्रियंका कार्की तथा मोडल निरज बरालको अभिनय रहेको छ । संगीतकार स्व।बिजु बज्र, संगीतकार एवं गायक सुरेन्द्र श्रेष्ठको संगीत रहको गीति संग्रह चस्काको रचनाकारमा गीतकार भुपेन्द्र खड्का, भुषण खरेल, बिजु बज्र, कुमार अधिकारी,शंकर ज्वाला, भावना खतिवडा तथा बसन्त राज अज्ञात रहेका छन ।

सात वर्ष अघि बजारमा ल्याएकी डेस्टिनेशन गीति संग्रहको सफलता पश्चात केहि वर्षको मिहिनेत र तयारी पछि चस्कालाई बजारमा ल्याएकी गायिका श्वेताले फरक विधाका गीत समेत गाएकी छिन । कमेडी,नेवारी ,सेलो , तिज गरि फरक एवं पृथक गीत समेत गाएर चर्चामा आएकी श्वेता चस्कालाई पनि आम दर्शक श्रोताले मन पराउनेमा विश्वस्त छिन ।