प्रेरक प्रसंग : भद्र गोही र भ्यागुता गंगादत्त भएपछि…

मंगलबार, २८ माघ २०७६

काठमाडौं– एउटा पोखरीमाा प्रियदर्शन नाम भएको सर्प, भद्र नाम भएको गोही र गंगादत्त नामको भ्यागुताको मुखिया र अरु धेरै भ्यागुताहरु बस्थे । प्रियदर्शन सघै एउटा एकदिन त यस्तो आयो की प्रियदर्शन र गंगादत्तमा निकै राम्रो मित्रता थियो तर प्रियदर्शन सधै एउटा भ्यागुता खाने गथ्र्याे । विस्तारै भ्यागुताहरु सकिँदै गए । एकदिन त यस्तो आयो की गंगादत्तलाई खानेकुरा नै भएन । उसले सोच्यो अब भ्यागुताहरु त सकिए अब यो गंगादत्तलाई नै खानुपर्ला । उता गंगादत्तले पनि सोचिरहेको थियो– यहाँका सबै भ्यागुता त सकिए, म मात्र बाँचेको छु । अब मलाई नै खाने विचार गरेको होला प्रियदर्शनले ।

गंगादत्त  घुम्दै प्रियदर्शनको अगाडि पुग्यो र भयो– ‘‘मित्र ! आज मलाई निकै दुः ख लागेको छ । हाम्रा सबै भाइहरु ससकिए । अब म मात्र बाँचेको छु । मलाई पनि खाए आजको भोक त मेटिएला , तर भोलिबाट के गने ? त्यसैले मैले एउटा उपाय सोचेको छु । ’’ प्रियदर्शनले सोध्यो – ‘‘ के उपाय ?’’ गंगादत्तले भन्यो – ‘‘यहाँबाट केही पर एउटा तलाऊ छ । त्यहाँ मेरा टन्नै भाइहरु बस्छन् ।

तपाईले भद्रलाई भनेर मलाई बाहिरसम्म छोडन लगाउनु भयो भने म ती सबैलाई बोलाएर ल्याउँथे ।’’ प्रियदर्र्शनले तुरुन्तै भद्रलाई आज्ञा दियो– ‘‘तिमी गंगादतलाई तुरुन्तै बाहिरसम्म छोडेर आऊ त ।’’ भद्रले गंगादत्तलाई ढाडमा बोकेर बाहिर लगेर छोड्यो । त्यो बेला गंगादत्तले भन्यो – ’’भोकले के पाप गराउँदैन र ? भोकले व्याकुल मान्छेमा दया कहाँ हुन्छ र ? त्यसैले भद्र तिमी प्रियदर्शनलाई भनिदेऊ गंगादत्त त यहाँ अब आउँदैन भनेर ।