तलितपुरको तीन रोपनी जग्गा लिलाममा
काठमाडौं – ललितपुर जिल्ला स्थित साविकको छम्पी गाविस वडा नम्बर ८ मा रहेको तीन रोपनी जग्गा लिलामी भएको छ । दोलखा जिल्ला साविकको भेड्पु गाविस वर्डा नम्बर ८ स्थायी बसोसास गर्ने आईवा लामाका नाती दावा लामाका छोरा हस्त लाल लामाको जग्गा लिलामी भएको हो ।
ललितपुर जिल्लाको साविकको छम्पी गाविस वडा नम्बर ८ मा रहेको कित्ता नम्बर ८७ को ३–०–०–० (तीन रोपानी) एकलौटी रैकर जग्गा लिलाम भएको हो । लामाले काठमाडौंको डिल्ली बजारमा रहेको सेरोफेरो बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लिएको ऋण तिर्न नसक्दा तीन रोपनी जग्गा लिमामी भएको हो ।
सहकारीले २०७५ साल फागुन २३ गते ऋण चुत्ता गर्न ३५ दिने सूचना जारी गरि ऋण चुक्ता गर्न अनुरोध गर्दा पनि ऋण तिर्न कोही पनि नआएकाले जग्गा लिलाम गरिएको सहकारीले जनाएको छ । उक्त समयभित्र लामाले ऋण तिर्न नसक्दा सहकारीले १५ दिने लिलामी सूचना प्रकाशन गरेको थियो । उक्त समयमा कोही कसैको पनि निवेदन नपरेकाले पुनः ७ दिने सूचना प्रकाशन गरेको सहकारीले जनाएको छ ।
सहकारीले आर्थिक दैनिक पत्रिकामा प्रकाशन गरेको सूचना अनुसार फागुन ५ गतेभित्र निवेदन दिइसक्नुपर्ने छ । गोप्य रुपमा बोलपत्र आह्रवान गरेको सहकारीले फागुन ६ गते दिउसो २ बजे सहकारीको कार्यलयमा सम्बन्धीत सबैको रोहोवरमा बोलपत्र खोलिने जनाएको छ ।
