विप्लवका मोरङ सेक्रेटरीले गरे नेकपामा प्रवेश

मंगलबार, २८ माघ २०७६

काठमाडौं – भूमिगत विप्लव नेकपामा मोरङ सेक्रेटरी उदय राई सत्तारुढ नेकपामा प्रवेश गरेका छन् ।

ललितपुरको खुमलटारस्थित प्रचण्डनिवासमा सोमबार अध्यक्ष प्रचण्डबाट टीका र खादा लगाएर राई नेकपामा प्रवेश गरेको उनका आफन्तले बताए ।

एकताकेन्द्र मसालबाट माओवादीमा प्रवेश गरेका राई माओवादी विभाजित हुँदा विप्लव नेकपामा लागेका थिए । मोरङको बेलाबारी घर भएका राई सांस्कृतिकर्मी पनि हुन् ।

राईले विप्लव नेकपामा अराजकता, हिंसात्मक राजनीति र अर्थवाद मौलाएको हुनाले पार्टी परित्याग गरेको वक्तव्यमार्फत जनाएका छन् ।