नेपाल प्रहरीको नयाँ आइजीपीमा ज्ञवाली
काठमाण्डौ – सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवालीलाई नयाँ महानिरीक्षक (आईजीपी) बनाउने भएको छ।
आज बस्ने मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नै आईजीपी बनाउने गरी तयारी थालेको स्रोतले जनाएको छ । उनी आईजीपी भए पाँच महिना सो पदमा रहनेछन् ।
आईजीपी सर्वेन्द्र खनालले मंगलबारदेखि ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश पाउँदै छन् । खनालले अवकाश पाउने लाग्दा अन्य कनिष्ठ डीआईजी पनि आईजीपी बन्न शक्तिकेन्द्रमा धाइरहेका छन् । राजधानी दैनिकमा खबर छ ।