गायक प्रदीप रुपाखेतीको मायाको बजारले तहल्का मच्याउदै (भिडियो सहित)

मंगलबार, २८ माघ २०७६

काठमाडौँ पछिल्लो समय गित संगीतको बजारमा एक पछि आर्को गरि गितहरु बजारमा आईरहेका छन यसै क्रममा धादिङका नव गायक प्रदिप रुपाखेतीको मायाको बजार बोलको आधुनिक गीत बजारमा आएको छ । गायक रुपाखेतीको आफ्नै लय, शब्द, सँगीत तथा स्वर रहेको गित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । माया गर्नेहरुको लागी माया नै किन्ने बेच्ने हुन्छ, बुझेर मात्र माया लगाउनुपर्छ भन्ने भाव बोकेको यो गीतमा अभिनय पनि रुपाखेतीकै रहेको छ ।

सबैसँग मिलनसार रुपाखेती धादिङको थाक्रे गाउँपालिका ११ मान्खुमा जन्मिएर आफ्नै माटो र देशलाई माया गर्दै स्वदेशमै कलाकारीतालाई निरन्तरता दिने उदेश्यले सँघर्ष गरिरहेका छन् । सामान्य परिवारमा जन्मिएका रुपाखेती बाल्यकालदेखि नै गायन क्षेत्रमा रुचि राख्ने भएकाले पनि उनका विभिन्न गित बजारमा आईसकेका छन् । उनले भने युट्युवमा प्रदिप रुपाखेतीको आफ्नै नामको च्यानबाट अहिले मायाको बजार बोलको गीत सार्वजनिक गरेका हुन ।