३४ कछुवासहित एक तस्कर पक्राउ

मंगलबार, २८ माघ २०७६

काठमाडौँ -ललितपुरको पुल्चोक क्षेत्रबाट तस्करी गर्न लागिएका ३४ कछुवासहित एक तस्कर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका २९, हरिसिद्धिका डेबिट महर्जन छन् । महानगरीय अपराध महाशाखाको टोलीले गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरेको एसएसपी सहकुल थापाले बताए ।
अवैध ओसारपोसार गरी ल्याएका ती कछुवा १२ लाख रुपैयाँमा बेच्न लागिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसएसपी थापाले बताए । महर्जनलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय ललितपुर पठाइएको छ ।