सरकारले सिलाई मेसिन मर्मत गर्ने निस्शुल्क तालिम दिँदै, भरिहाल्नु होस् आवेदन खुल्ला
काठमाडौँ- धनगढी, कैलालीस्थित व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले ४५ दिने सिलाई मेसिन मर्मत गर्ने निस्शुल्क तालिम दिने भएको छ। तालिम लिन इच्छुक व्यक्तिहरूले उक्त केन्द्रको कार्यालय भवनमा निवेदन बुझाउन सक्छन्। प्रशिक्षार्थी अन्तर्वार्ताबाट छनौट गरिन्छ।
कसले निवेदन दिन पाउँछन्रु
१६ वर्ष पूरा भएर ४५ वर्ष ननाघेका नेपाली नागरिकहरूले पाउँछन्।
के के कागजात चाहिन्छरु
रु। १० को टिकट टाँसेर स्पष्ट रुपमा भरिएको निवेदन फारम
नेपाली नागरिकताको फोटोकपी
कति शैक्षिक योग्यता चाहिन्छरु
साधारण लेखपढ गर्न जान्नेले निवेदन दिन सक्छन्।
तालिमका लागि कति जना छनौट गरिन्छरु
२० जनालाई तालिमका लागि छनौट गरिनेछ।
तालिम कति समयको हुन्छ?
तालिम ४५ दिनको हुन्छ।
निवेदन फारम कहाँबाट लिने र कहाँ बुझाउने?
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, तारानगर, धनगढी, कैलालीबाट लिएर सोही केन्द्रमा बुझाउनुपर्छ।
निवेदन फारम कहिलेसम्ममा बुझाइसक्नुपर्छ?
यही मिति २०७६ साल फागुनको १२ गते भित्र फारम बुझाइसक्नुपर्छ।
अन्तर्वार्ता कहिले हुन्छ?
फागुनको १३ गते बिहान ११ बजे देखि अन्तर्वार्ता हुनेछ।
तालिम कहाँ सञ्चालन हुन्छ?
व्यावसायिक तथा सीप विकास तालिम केन्द्रको कार्यालय भवन, तारानगर, धनगढी, कैलालीमा सञ्चालन
हुन्छ।
थप जानकारीका लागि
व्यावसायिक तथा सिप विकास तालिम केन्द्र, धनगढी
केन्द्र प्रमुख श्री भुवनराज पन्त
फोन नं। ९७७०९१५२११५४
सूचना जस्ताको त्यस्तै हेर्नुहोस्
