कोरोना भाइरसको त्रासले गरे आत्महत्या
काठमाडौं– कोरोना भाइरसको त्रासले एक भारतीय नागरिकले आत्महत्या गरेका छन् । आन्ध्रप्रदेशको चित्तुर जिल्लाका बालाकृष्णैयाले आफू कोरोनाभाइरस संक्रमित भएको आशंकामा आत्महत्या गरेको भारतीय समाचारमाध्यम आजतकले जनाएको छ ।
बालाकृष्णैयालाई आफू कोरोना से संक्रमित रहेको, अब कुनै उपचार नभएको र रोग फैलने डरले उनले आत्महत्या गरेको परिवारले जनाएका छन् । ५४ वर्षीय बालाकृष्णैयाले शनिबार रुइया सरकारी अस्पतालमा गएर चेकजांँच गराएका थिए ।
परीक्षणका क्रममा उनलाई यूरिनरी ट्रैक्ट इन्फेक्शन भएको पत्ता लाग्यो । कुराकानीकै क्रममा यो कोरोनाभाइरसको संक्रमणले हुन सक्ने चिकित्सकले बताएपछि उनले आत्महत्या गरेको बताइएको छ ।
बालाकृष्णैयाका छोराले आफूले बाबुलाई धेरै सम्झाउन कोसिस गरेको, उनलाई कोरोनाभाइरस संक्रमण नभएको बताएपछि शान्त भएको तर पछि यस्तो घटना भएको समाचारमाध्यमलाई जानकारी दिएका छन् । बालाकृष्णैयाले आफूलाई पक्कै पनि कोरोनाभाइरस नै लागेको भन्दै आफ्नै ज्यान लिएका हुन् ।