सन्दीपले लिए विकेट
काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपाल अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरू हुनै लागेको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ राजेपछि अमेरिका अहिले ब्याटिङ गरिरहेको छ ।
नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन् । दोस्रो ओभरमा बलिङमा आएका सन्दीपले ओभरको अन्तिम बलमा अमेरिकाका इन हल्याण्डलाई क्याच आउट गराएका हुन् । दुई ओभर सकिँदासम्म अमेरिकाले १ कुनै रन जोड्न सकेको छैन । पहिलो ओभरमा करण केसीले पनि कुनै रन दिएनन् ।