यो वर्षको भ्यालेन्टाइन डे मा डेढ लाख फूलको कारोबार हुने अनुमान

बुधबार, २९ माघ २०७६

काठमाडौँ -प्रणय दिवसको अवसरमा फूलको कारोबार बढ्ने अनुमान गरिए पनि यो वर्ष कारोबार सन्तोषजनक नरहेको व्यवसायीले बताएका छन् ।अघिल्ला वर्षमा जस्तो चहलपहल नदेखिएको फ्लोरिकल्चर एसोसियशन अफ् नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजुले उज्यालोलाई बताउनुभयो ।गएको वर्ष डेढ करोड रुपैयाँ बराबरका एक लाख ६० हजार गुलाब बिक्री भएको थियो ।

यो वर्ष भने झण्डै डेढ लाख फूलको कारोबार हुने देखिएको अध्यक्ष कसजुको भनाइ छ ।उहाँका अनुसार यो वर्ष विदेशबाट फूल आयातको दर पनि घटेको छ । गएको वर्ष एक लाख फूल नेपाल ल्याइएको भए पनि यो वर्ष त्योभन्दा कम आयात भएको उहाँले बताउनुभयो । बजारमा फूलको माग कम रहेकाले यो वर्ष गएको वर्षको तुलनामा कम परिणाममा फूल आयात गर्न लागिएको हो ।