प्रदेश सांसद विजयले धुर्मुस सुन्तलीलाई उठाइदिए ५५ करोड
काठमाडौँ -कलाकारद्वय सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको धुर्मुस सुन्तली फाउन्डेसनलाई धनधान्याचल महोत्सव क्रिकेट रंगशाला बनाउन बरदान सावित भएको छ । उनीहरूका लागि असम्भव जस्तै ५५ करोड आर्थिक संकलन गर्ने काममा महत्वपूर्ण भूमिका निभाएका छन् प्रदेश सांसद विजय सुवेदीले । उनी नेकपाका प्रदेश सांसद हुन् । उनी मदन भण्डारी र जीवराज आश्रितको दुर्घटना हुँदा तत्कालीन नेकपा एमालेको जिल्ला अध्यक्ष थिए । उनकै नेतृत्वमा चितवनको भरतपुरमा धनधान्याचल महोत्सव सम्पन्न भएको हो । जहाँ ५५ करोड आर्थिक सहयोगको प्रतिबद्धता भएको छ ।
चितवनका नागरिकलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे बुझाउन र झक्झक्याउन नेतृत्वदायी भूमिकामा उत्प्रेरक बनेका छन् सांसद सुवेदी । सुवेदीको नेतृत्वमा १५ दिनको तयारीमै अहिलेसम्मकै ठूलो धनधान्याचल महोत्सव सम्पन्न गरिएको छ । हजारौं सहभागी भएर धनधान्याचलमार्फत् रंगशाला निर्माणमा सहयोग गरेका छन् ।
५० करोड संकलनको लक्ष्यका साथ सुरु गरिएको धनधान्याचलमा अपेक्षा गरेभन्दा धेरै आर्थिक संकलन भयो । आयोजकका अनुसार ५५ करोड बढी आर्थिक संकलन भएको छ । जसमा सात करोड नगद संकलन भएको छ भने अन्य बोलकबोल रकम उठेको छ ।
बाट निर्वाचित नेकपाका प्रदेश सभा सांसद हुन् । भरतपुर अस्पताल विकास समितिको अध्यक्ष हुँदा उनले गरेको कामको प्रशंसा हुने गरेको छ । यसअघि पनि सुवेदीकै नेतृत्वमा गणेशधाम बनाउन लगाइएको महायज्ञमा ११ करोड बढी आर्थिक संकलन भएको थियो । यतिबेला गणेशधाम निर्माण धमाधम भइरहेको छ ।धनधान्याचल महोत्सवमा पण्डित दीनबन्धु पोखरेल प्रमुख वाचकको रुपमा रहेका थिए । करिब तीन अर्ब रुपैंयाँको लागतमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको छ । रंगशाला ३० हजार दर्शक क्षमताको हुने बताइएको छ ।