झापडबाहादुर रावलको भनाईआज जन्मेका बालबालिकाले छुवाछूत नभोगुन्’

बुधबार, २९ माघ २०७६

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपा सांसद झपडबहादुर रावलले छुवाछूत उन्मुलन गर्न दलित समुदायका लागि विशेष कार्यक्रम सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन् । आज जन्मेका बालबालिकाहरुले जातीय उत्पीडन र छुवाछूत भोग्नुपर्ने अवस्था आउन नदिन भेदभावका विरुद्ध राष्ट्रिय जागरण अभियान सुरु गर्नुपर्ने उनको भनाइ छ ।

रावलले विगतको समीक्षा, वर्तमानको आवश्यकता र भविष्यको चाहाना राख्दै जातीय उत्पीडन, बहिष्करण र छुवाछूत उन्मुलनका लागि सदनले पहल गर्नुपर्नेमा सबैको ध्यानाकर्षण गराए । संवैधानिक र कानुनी रुपमा छुवाछूत दण्डनीय भए पनि सिद्धान्त र व्यवहारबीचको असन्तुलनका कारण समस्या उत्पन्न भएको उनले बताए ।
देशमा दुई तिहाइको सरकार हुँदाहुँदै पनि यस्तोप्रकारका समस्या देखिनु दुःखद पक्ष भएको भन्दै उनले यसको समाधानका लागि सबै राजनीतिक पार्टीहरुले आफ्ना संगठनहरुलाई एक महिने जातीय छुवाछूत विरुद्धको अभियानमा सहभागी गराउन आग्रह गरे ।