हातहतियार सहित एकजना रङगे हात पक्राउ

बुधबार, २९ माघ २०७६

काठमाडौँ- स्याङ्जा जिल्लाको हरिनास गाउँपालिका(६ गैरा खोला बस्ने ३६ वर्षीय नारायण मानन्धरलाई १ थान पेस्तोल सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा

ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले मानन्धरको घरमा उक्त पेस्तोल फेला
पारी पक्राउ गरेको हो ।सिन्धुली, मरिण गाउँपालिका(३ नक्कलेस्थित जंगलबाट १ नाल लोड भएको भरुवा बन्दुक
मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको गस्ती प्रहरीलाई देखेर १ जना मानिस भागेकोले लखेट्दै जाने क्रममा उक्त बन्दुक फेला पारी बरामद गरेको छ । फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।