फेकनको बार्षिक साधारणसभा चैत्र २२ गते, चुनाव कहिले ?
काठमाडौं – स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)को दशौं बार्षिक साधारण आगामी चैत्र २२ गते हुने भएको छ । मंगलबार बसेको फेकनको बोर्ड बैठकले आगामी चैत्र २२ गते बार्षिक साधारणसभा गर्ने निणर्य गरेको हो ।
त्यस्तै, फेकनले नयाँ कार्यसमितिका लागि चैत्र २९ गते निर्वाचन गर्ने निर्णय पनि गरेको फेकनकी उपाध्यक्ष गीता रिजालले बताइन् । लामो समयदेखि हुन नसकेको साधारणसभाको मिति तोकिनु र निर्वाचन हुने बातावरण बनेपछि फेकनियनहरुमा खुशियाली छाएको छ ।
त्यस्तै, फेकनले चुनावकै मुखमा फाम ट्रिपको आयोजना गरेको छ । फेकनका कार्यसमिति सदस्यहरुका लागि फार्म टिपको आयोजना गरिएको फेकनका अध्यक्ष युवराज कटुवालले बताएका छन् । अस्ट्रेलियामा रहेको विभिन्न विश्वविद्यालयहरुको निमन्त्रणामा फेकनका कार्यसमिति सदस्यहरु अस्ट्रेलिया जान लागेको कटुवालले मोटिभेट न्यूजलाई जानकारी दिए ।
फार्म ट्रिप आगामी फागुन ९ गते शुक्रबारदेखि हुने फेकनले जनाएको छ । अस्ट्रेलियामा रहदा फेकनले त्यहाँका उत्कृष्ठ विश्वविद्यालय तथा कलेजहरुको भ्रमण, अन्तरक्रिया गर्ने बताइएको छ ।
