बसको ठक्करबाट चर्चित नायिकाको मृत्यु

बिहिबार, १ फाल्गुन २०७६

काठमाडौं – नायिका महिमा सिलवाल र उनकी बहिनी शर्मिलाको बसको ठक्करबाट मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका–२, चाम्बासमा बुधबार साँझ बससँग ठोक्किएर स्कुटरमा सवार सिलवाल दिदी–बहिनीको मृत्यु भएको हो । महिमाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी र बहिनीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।

चितवनको भरतपुर महानगरपालिका–१३, गीतानगर स्थायी ठेगाना भएका उनीहरु बुधबार साँझ दुर्घटनामा परेका थिए । प्रहरीका अनुसार भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बस र सिलवाल सवार बा ९८ प ७०५८ नम्बरको स्कुटर हिँजो साँझ पौने ६ बजे ठोक्किएका थिए । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।