प्ररक प्रसंग : आफ्नो मनलाई कसरी बुझ्ने
काठमाडौं – एकपटक महात्मा जनकको सामु एकजना ब्राह्रमण पुगे । ब्राह्रमणले भने– ‘महाराज यो पापी चञ्चल मन सबैलाई आपनो जालमा पारेर सधै नचाइरहन्छ । जति नै बल गरेपनि यो पापी मनले हामीलाई छोडदैन ।’
यो सुनेर जनकले एउटा रुख समातेर भने– ‘य वृक्षले मलाई छोडीदिए म तपाईको उतर दिन्थे ।’ ब्राह्रमण अचम्म प¥यो । ब्राह्रमणले सोचे– ‘राजा जनक, जो ब्रह्रमज्ञानमा पारंगत छन, उनी आफै रुख समातेर यसले छोडिदिए म तिम्रो उतर दिन्थे भन्छन, अचम्म छ ।’
उनले भने – ‘महाराज, यो जडवृक्षले तपाईलाई कसरी समात्न सक्छ ? बरु यो वृृृृक्षलाई त हजुरले नै समात्नु भएको छ । यसलाई नसमात्नुस् त आफै छुटनु हुन्छ ।’ जनकले सोधे– ‘ब्राह्रमण, तपाईलाई दृढविश्वास छ यो छुटछ भन्ने ?’ ब्राह्रमणले भने– ‘अपश्य सिन । यो त एकदम प्रष्ट छ नि, हजुरले छोडनासाथ यो छुट्छ ।’
जनकले भने, ‘यसरी नै मन पनि जड छ । त्यो जड मनले जीवलाई कसरी नचाउन सक्छ र ? जसरी कैले यमे वृृक्षलाई समातेको थिएँ, त्यसरी नै तपाईले आपनो मनलाई समात्नु भएको छ । तपाईले मनलाई छाडनु भयो भने यसको जालबाट बच्न सक्नु हुन्छ । यसले केही गर्न सक्दैन । यो मनको चालक तपाई हो । यसलाई कुमार्गमा चलाउने वा सुमार्गमा भन्ने कुरा तपाईमा निर्भर हुन्छ । यो त तपाईकै अधीनमा छ । मन चञ्चल छ, कुमार्गमा हिँडछ जस्ता कुराहरु त सबै भन्ने कुरा न हुन ।’
यो सुनेर ब्राह्रमण अति प्रसन्न भए र बाटो लागे ।