राष्ट्रिय बीमा कम्पनीमा एक अर्व २० करोड भ्रष्टाचार, अर्थमन्त्रीको नाम पनि जोडियो
काठमाडौं – सरकारी स्वमित्वको निर्जीवन बीमा कम्पनी ‘राष्ट्रिय बीमा कम्पनी लिमिटेड’मा एक अर्व २० करोड भन्दा बढि भ्रष्टाचार हुन लागेको खवर प्राप्त भएको छ । २६ करोड ६६ लाख भन्दा बढि चुक्तपुँजी रहेको बीमा कम्पनीमा संचालक समिति सदस्य र कर्मचारीको मिलोमत्तोमा अर्व बढि भ्रष्टाचार हुन लागेको हो ।
कम्पनीका संचालक समिति अध्यक्ष उमेश चन्द्र उपाध्याय र तत्कालिन प्रमुख कार्यकारी अधिकृत बीर विक्रम रायमाझिको बदमासीका कारण नेपाली जनताको रगत पसिनाबाट आर्जित ठूलो रकम हिनामिना हुँदैछ । पछिल्लो पटक आयोजना गरिएको कम्पनीको ३० औं बार्षिक साधारणसभामा कम्पनीका संचालक समिति अध्यक्षको विशेष प्रस्ताव मार्फत चोर बाटोबाट कम्पनीको कुल चुक्तापुँजीको ५ प्रतिशत शेयर कम्पनीका कर्मचारीलाई वितरण गर्ने निर्णयले गर्यौ । उक्त शेयर ५ प्रतिशत सर्वसाधारणको ३० प्रतिशत भित्रबाट वितरण गरिने निर्णय भएको थियो ।
१०/१२ बर्षमा एक चोटी हुने कम्पनीको बार्षिक साधारणसभामा संचालक समिति अध्यक्ष उपाध्यायले २०७५ सालमा भएको साधारणसभाबाट विशेष प्रस्ताव पेश गर्दै कम्पनीमा कार्यरत कर्मचारीलाई कुल चुक्तापुँजीको ५ प्रतिशत शेयर उपलब्ध गराउने निर्णय गरेपछि देशलाई एक अर्व २० करोड घाटा हुने भएको छ । यो कम्पनीका संचालक समिति अध्यक्षले गरेको नीतिगत भ्रष्ट्राचार हो ।
कसरी भयो भ्रष्टाचार ?
२०७५ साल भदौ २५ गते बसेको संचालक समितिको १६२ औं बैठकले कम्पनीको प्रबन्धपत्रलाई संशोधन गरि बहालमा कार्यरत कर्मचारीलाई कम्पनीको सर्वसाधारण तर्फको ३० प्रतिशत भित्रको ५ प्रतिशत शेयर उपलव्ध गराउने व्यवस्था गर्ने निर्णय गरेको थियो । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्तापुँजी एक अर्ब पुर्याउनु पर्ने बाध्यकारी व्यवस्था देखाउँदै संचालक समितिले प्रबन्धपत्र नै संशोधन गरेर पुँजी बुद्धि गर्न सर्वसाधारण शेयर जारी गर्न भन्दा पहिलानै कर्मचारीलाई शेयर दिने निर्णय गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्ली राज अर्यालले बताए ।
कम्पनीको प्रबन्धपत्रको दफा ७ को (ग) नम्बर बुदामा, ‘दफा ६ को उपदफा (४) अनुसार समूह (ख) अन्तर्गत सर्वसाधारण समूहमा नयाँ शेयर जारी गर्दा नयाँ जारी गरिने शेयर मध्ये ५ प्रतिशत शेयर अंकित मुल्यमा विक्रि गर्ने र कम्पनीमा तत्काल कार्यरत कर्मचारीहरु एवम् निर्जीवन बीमा व्यवसाय अलग हुँदाका बखत राष्ट्रिय बीमा संस्थान जीवन बीमा तर्फ कार्यरत कर्मचारीहरुका लागिसमेत सुरक्षित गरिनेछ’ भन्ने उल्लेख थियो । उक्त दफालाई संसोधन गर्दै, ‘दफा ६ को उपदफा (४) अनुसार समूह (ख) अन्तर्गत उल्लेखित ३० प्रतिशत शेयर मध्ये सो को ५ प्रतिशत शेयर अंकित मुल्यमा कर्मचारीका लागि सुरक्षित गर्ने र यस्तो शेयर सर्वसाधारणका लागि जारी हुनभन्दा पहिला नै संचालक समितिको निर्णय अनुसार कर्मचारीलाई निष्काशन गरि बाँडफाँड गरिसक्ने’ बनाएको छ ।
संशोधन भएको बुदाले कर्मचारीका लागि शेयर संख्या थपिदिएको छ । ३० प्रतिशतको ५ प्रतिशत कर्मचारीलाई कम्पनीको साधारण शेयर विक्रि गर्ने प्रावधानलाई हटाएर ३० प्रतिशत भित्रको ५ प्रतिशत कर्मचारीलाई उपलब्ध गराउने प्रावधान यो संशोधनले गरेको छ । सर्वसाधारण भन्दा पहिलानै कर्मचारीलाई शेयर दिने अर्को व्यवस्थाले ठुलो चलखेल भएको प्रष्ट हुन्छ । संचालक समितिले गरेको नयाँ निर्णयले कर्मचारीहरुलाई ३.५ प्रतिशत फाइदा भएको छ । ३० प्रतिशतको पाँच प्रतिशत भन्नाले कर्मचारीले कुल चुक्तापुँजीको १ं.५ प्रतिशत शेयर पाउने प्रवधानलाई संशोधन गरेर कुल पुँजीको पाँच प्रतिशत बनाउने गरि नीतिगत निर्णय भएपछि कर्मचारीलाई ३.५ प्रतिशत नाफा भएको छ ।
पुँजी बृद्धि गर्ने अन्य थुप्रै उपायहरु हुँदाहुँदै संचालक समितिले कम्पनीमा भर्ति गरेका आफ्ना आफन्त आसेपासेहरुलाई फाइदा हुने गरी यस्तो निर्णय गरेको एक संस्थापक शेयर धनीले बताए । कम्पनीका संस्थापक शेयरधनी भक्तपुरका यदुनाथ ढुङ्गेलले कम्पनी छुट्टीदाका बखत आसेपासे र आफन्तलाई कम्पनीका भर्ति गरेको र कर्मचारीहरुलाई नै मालिक बनाउने प्रस्ताव ल्याएर नीतिगत भ्रष्टाचार गरेको बताएका छन् । राष्ट्रिय बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानबाट २०७२ साल जेठ २८ गते छुटिएको थियो ।
उनले भने, ‘यसमा अर्थमन्त्री, अर्थमन्त्रालयका कर्मचारी, बीमा समितिका पदाधिकारी र कम्पनीका संचालक समितिको मिलेमत्तो छ । संचालक समितिले कर्मचारीलाई मालिक बनाउन ल्याएको प्रस्तावले जनताको ठुलो रकम हिनामिना हुनेछ ।’ ढुङ्गेलले अगाडि भने, ‘यो निर्णयले देशलाई एक अर्व २० करोड भन्दा धेरै घाटा हुन्छ ।’
कसरी हुन्छ एक अर्ब घाटा ?
कम्पनीको चुक्तापुँजी २६ करोड ६६ लाख ३६ हजार ५ सय छ । दोश्रो बजारमा कम्पनीका २६ लाख ६६ हजार ४ सर ६५ कित्ता शेयर यथावत छन् । २६ लाख ६६ हजार ४ सर ६५ कित्ता शेयरको ५ प्रतिशत अर्थात १ लाख ३३ हजार ३ सय १८ कित्ता शेयर कर्मचारीहरुलाई छुट्याउनुपर्ने हुन्छ । अहिले राष्ट्रिय बीमा कम्पनीको बजार भाउ प्रतिकित्ता ९ हजार ६५ रुपैयाँ छ । १ लाख ३३ हजार ३ सय १८ कित्ता कर्मचारीलाई दिदा दोश्रो बजारमा १ अर्व २० करोड ८५ लाख २७ हजार ६ सय ७० रुपैया उनीहरुको खातामा जान्छ ।
अर्थमन्त्री, तत्कालिन अर्थसचिव, मन्त्रालयका सम्बन्धित कर्मचारीहरु, बीमा समितिका पदाधिकारी र कम्पनीका संचालकसमिति सदस्य र कर्मचारीहरुको मिलिमत्तो र भागबन्डाका कारण जनताको एक अर्ब २० करोड रुपैयाँ उनीहरुको खातामा जाने भएको छ । सरकारी स्वामित्वको उक्त कम्पनीको शेयर कैडिको मुल्यमा कर्मचारीलाई भागबन्डा गर्दा राज्यलाई ठुलो भार पर्ने भएको छ ।
देशको आर्थिक स्थिति मजबुत बनाउन र सरकारी तथा गैरसरकारी क्षेत्रबाट निर्जीवन बीमा गरि लाभ उठाउनका लागि स्थापना भएको संस्थामा यती ठुलो रकम हिनामिना हुन खोज्दा कसैको पनि आँखा गएको छैन । हरेक बर्ष गर्नुपर्ने बार्षिक साधारणसभा नगरेर नेपालको कानुनभन्दा माथि रहेर काम गर्दै आएको राष्ट्रिय बीमा कम्पनीका अन्य कर्तुतहरु एक पछि अर्को गर्दै प्रकाशन गर्दै जानेछौं ।
अर्थमन्त्रीको नाम कसरी जोडियो ?
राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा अर्थमन्त्री युवराज खतिवडाका दर्जनौं आफन्तहरु कार्यरत छन् । नेपाल राष्ट्र बैंकको गर्भनर, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा अर्थमन्त्री खतिवडाले राम्रो तलव भत्ता आउने, नाम चलेको सरकारी स्वामित्वको कम्पनीका आफन्त र आसेपासेलाई काममा लगाएका थिए ।
उनले लगाएका कम्पनीका कर्मचारीहरुको आग्रह अनुसार मन्त्री खतिवडाले कम्पनीको संचालक समिति अध्यक्ष उमेश चन्द्र उपाध्यायलाई यस्तो खालको प्रस्ताव ल्याउन र कर्मचारीहरुलाई खुशि पार्न आग्रह गरेको बुझिएको छ । त्यहाँ कार्यरत कर्मचारीहरुको शेयर बाँडफाँँड भएको खण्डमा केही प्रतिशत मन्त्री खतिवडालाई समेत जाने भएकाले उनी यस विषयमा केही पनि बोलका छैनन् ।
अख्तियार लगाउँ
सर्वोच्व अदालतका बरिष्ठ अधिबत्ता बोर्णबहादुर कार्कीले राष्ट्रिय बीमा कम्पनीले नीतिगत भ्रष्टाचार गरेकाले अख्तियार लगाउनुपर्ने बताएका छन् । मोटिभेट न्यूज डटकमसँग कुरा गर्दै कार्कीले ऐननै संशोधन गरेर देशलाई घाटा पुर्याउने जो कोहीलाई पनि छोड्न नहुने बताए । कानुनलाई हातमा लिने, आफै कानुन बनाउने र बहुमतको कदर नगर्ने सरकारी स्वमित्वको पव्लिक लिमिटेड कम्पनीका संचालकदेखि कर्मचारी सबैलाई कारवाही हुनेपर्ने बताए ।

