विद्युत प्राधिकरणका सहायक प्रवन्धक रङ्गेहात पक्राउ

शुक्रबार, २ फाल्गुन २०७६

काठमाडौं – नेपाल विद्युत प्रधिकरण, विद्युत वितरण केन्द्र सिन्धुलीका सहायक प्रबन्धक इन्जिनियर शेरबहादुर सुनार घुससहित रङ्गेहात पक्राउ परेका छन् ।

कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सुनार शुक्रबार पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार इन्जिनियर सुनारले उक्त घुस रकम सोही कार्यालयका हलुका सवारी चालक टेक बहादुर खडकालाई लिन पठाएका थिए । उक्त घुस रकम लिएर खड्का भाग्दै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले कमलामाई नगरपालिका ७ गैरी चौकबाट उनलाई पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

इन्जिनियर सुनारलाई भने उनकै कार्यालयबाट पक्राउ गरिएको कोइरालाले बताए । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।

यो पनि पढ्नुहोस्

भारतीय बीमा कम्पनी एलआईसीमा संचालक समितिको ब्रमलुट, यसरी हुन्छ ‘मामाको धनमा फुपुको श्रद्दा’