संसदमा प्रधानमन्त्रीको सम्बोधन शुरु

शनिबार, ३ फाल्गुन २०७६

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरिरहेका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गरेका हुन् ।

उनले संसदमा आफ्नो कार्यकालमा भएका कामबारे जानकारी गराइरहेका छन् । एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले अघिल्लो वर्ष पनि संसदमा सरकारको कामबारे जानकारी दिन सम्बोधन गर्न खोजेपनि प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधका कारण रोकिएको थियो ।