एमसिसीलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा सम्पन्‍न गर्नुछ

शनिबार, ३ फाल्गुन २०७६

काठमाडौँ- प्रधानमन्त्री ओलीले अमेरिकी परियोजना एमसिसीलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा पुरा गर्नुपर्ने बताएका छन्।शनिबार संसदमा सम्बोधन गर्ने क्रममा विवादित परियोजना एमसिसीलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा विकास गर्नुपर्ने बताएका हुन्।

अमेरिकी सहयोगमा अन्तरदेशिय विद्युत सञ्चादन गर्ने काम अघि बढेपछि देशको अर्थतन्त्रमा सुधार आउँने दाबी गरे।अमेरिकी सरकारको ५५ अर्ब र नेपाल सरकारको १४ अर्ब लगानीमा निर्माण हुने आयोजनाले नेपालको आर्थिक वृद्धिदरसँग जोडेर हेर्नुपर्ने बताए। आगामी ५ बर्षमा सक्नुपर्ने योजनालाई अगाडि बढाउँनुुपर्ने जिकिर गरे।