मैयाँ नामले परिचित रीश्मा गुरुङले गरिन बिवाह,चलचित्र क्षेत्र छोड्दै
काठमाडौँ -चलचित्र ‘कबड्डी’को तिन वटै सिरिजमा मैयाँ नामले परिचित कलाकार रीश्मा गुरुङ बैबाहिक जीवनमा बाँधिएकी छिन् । उनको शुक्रबार पोखरामा बिहे भएको हो । आफ्ना प्रेमी सन्दिप गुरुङसँग रीश्माले बिहे गरिन् । रीश्माको बिहेमा चलचित्रकर्मीको उपस्थिती थिएन । रीश्माले केही समय अगाडि मिडिया सँगको कुराकानीमा चलचित्र क्षेत्र छाड्ने संकेत गरेकी थिइन् । उनी, चलचित्र ‘कबड्डी ४’मा भने काम गर्दैछिन् । उनले चलचित्र ‘झुम्की’मा पनि काम गरेकी थिइन् ।थोरै चलचित्रमा काम गरेपनि रीश्मालाई दर्शकले रुचाएका थिए । तर, चलचित्र क्षेत्रमा कलाको सम्मान नहुने, पारिश्रमिक पनि पुरा नपाइने भन्दै उनले काम गर्ने सोच बनाएको बताएकी थिइन् । बिहेसँगै उनी अब घरजममा व्यस्त हुने तयारीमा छिन् ।