प्रियंका र आयुस्मानको विवाह फागुन १७ गते

शनिबार, ३ फाल्गुन २०७६

काठमाडौ- अभिनेत्री प्रियंका कार्कीले आफ्नो विवाहको मिति सार्वजनिक गरेकी छिन् ।

लामो समयदेखि अभिनेता आयुस्मान देशराज जोशीसँग प्रेम सम्बन्धमा रहेकी कार्कीले फागुनमा विवाह गर्ने भएकी हुन् । सामाजिक सञ्जाल इन्टाग्राममा उनले फेब्रुअरी २७ (फागुन १७ गते) विवाह गर्ने उल्लेख गरेकी छिन् । उनीसँगै आयुस्मानले पनि इन्टाग्राममा सोही जानकारी दिएका छन् । प्रियंका र आयुस्मानले गत वर्ष इन्गेजमेन्ट गरेका थिए ।