प्रेरक प्रसंग : न्युटन भन्दा पनि विद्यान कोही छ ?
काठमाडौं – न्युटन लण्डनका नाम चालेका विद्धान हुन । उनलाई बिरालो पाल्ने शोख थियो । त्यसैले उनले दुईवटा, एउटा ठुलो अर्को सानो बिरालो पालेका थिए ।
ती बिरालोेहरु दिनभर यताउता डुलिरहन्थे । राती न्युटनको खाटको मुनि सुत्थे । राती ती बिरालाहरुलाई यताउता हिँडन बाहिर जान गाह्रो नहोस, भनेर उनी ढोकामा चुकुल नलाई खाली ढप्क्याउने मात्र गथे ।
ती बिरालाहरु राति बाहिर जात प¥यो भने ढोकालाई धकेलेर नै जानसक्थे । तर भित्र फर्केर आँउदा भने ढोका तान्न सक्दैनथे । ढोका खु्ल्लै हुने भएकोले राति जोडो हुन्थ्यो । यो देखेर न्युटनले यिनीहरुलाई जाडो नहुने केही उपाय गर्नु प¥यो भन्ने सोचे ।
उनले ढोकाका खापाहरुमा दुईवटा प्वाल पार्ने बिचार गरे । उनले सोचे – ‘एउटा सानो प्वाल, ठुलो बिरालोका लागि र अको अलि ठुलो प्वाल, ठुलो बिरालोका लागि । अनि त्यसपछि ढोकामा चुकुल पनि लाउन मिल्छ र बेलुका हावा आउँदैेन ।
यी दुवै बिरालाहरुलाई जाडो पनि हुँदैन थियो । ‘यस्तो विचार गरेर उनले सिकर्मी बोलाए । सिकर्मीलाई यो सबै कुरा भनेर उनले खापाहरुमा दुईवटा प्वाल पार्नु भने । सिकर्मीले दुईवटा प्वाल किन चाहियो, एउटै प्वाल भए पनि हुन्छ भनेर न्युटनलाई सम्झाउँथ्यो ।
उनी, हैन दुईवटै बनाऊ, दुईटा बिराला छन्, एउटैबाट कसरी पस्छन्, भन्न थाल्थे । जति सम्झाउँदा पनि नभएपछि सिकर्मीले एउटा अलि ठुलो प्वाले बनायो र दुवै बिरालोलाई त्यही प्वालबाट भित्रबाहिर पठायो । यो देखेर महात्मा न्युटन दङग परे र सिकमीलाई राम्रो पारिश्रमिक दिएर पठाए ।