अरबौंको सुन भित्र्याउन आगलागीको नाटक

आइतबार, ४ फाल्गुन २०७६

काठमाडौं– त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा रहेको कफीसपमा गत माघ २७ गते आगलागी भएको बेला त्यसका सञ्चालक सुवास श्रेष्ठको सेटिङमा आबुधावीबाट ठुलो परिमाणमा सुन आएको सूचनाले सुरक्षा निकायमा ठुलो चर्चा पाएको छ । तर जति नै चर्चा भए पनि सुनचाहिँ भेटिएको छैन ।

कतारको दोहाबाट बिहान २०ः५० बजे चिनियाँ लगानीकर्ताको हिमालयन एयरलायन्सको नियमित उडान हुने गरेको छ । गत २८ गते बेलुका सवा ८ बजे नै विमानस्थलको अन्तर्राष्ट्रिय कक्षमा रहेको कफीसपमा आगलागी भएको थियो । त्यस कफीसपका सञ्चालक सुवास श्रेष्ठ हुन । उनी यसअघि पनि सुन तस्करी र अवैध विदेशी मुदाको कारोबारमा पक्राउ परिसकेका व्यक्ति हुन ।

कफीसपमा लागेको आगो २०:५० मा मात्र नियन्त्रणमा आएको थियो । ८ः४० मा आएको हिमालयन एयरलायन्सको जहाजबाट ठूलो मात्रामा सुन आएको सूचना सुरक्षा निकायले पहिले नै थाहा पाइसकेको थियो । तर विमान आउँदा कफीसपमा आगो लागिरहेकोले सबैको ध्यान त्यता केन्द्रित रह्यो र त्यही मौका छोपेर एयरलाइन्सबाट आएको अवैध सुन लुसुक्क बाहिरिएको आशका गारिएको छ ।

कपन बस्ने बाजुरामा कमल साउदको समूहले उक्त सुन भित्र्याएको र आगलागी भइरहेमो बेला सुन आउँदा उनकै नामको खनाल थरका व्यातिको मोबाइल बोकेर एयरपोर्टमा कुरेर बसेको थाहा भएको छ ।

यो पनि पढ्नुहोस्

नेपाल लुट्न आएको एलआईसीले करोडौं करछली गरेको खुलासा, हेर्नुहोस् शक्तिको आडमा यसरी हुन्छ ब्रमलुट