विप्लवको जनसरकार प्रमुख शाही पुनः पक्राउ
काँके – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बाँके जिल्ला जनसरकार प्रमुख कृष्ण शाहीलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।उनलाई प्रहरीले जिल्ला प्रशासन कार्यलय बाँकेबाट पुनः पक्राउ गरेको हो ।
विगत सात महिना हिसत बसाई पछि अदालतले रिहा गरेका शाहीलाई प्रहरीले पुन पक्राउ गरेको थियो । अभद्र व्यवहारको मुद्धामा पक्राउ परेका उनलाई जिल्ला प्रशासन कार्यलय बाँकेले फागुन २ गते ५ हजार धरौटीमा रिहा गरेको थियो । रिहा गरे लगतै परिवारको सम्पर्कमा जानै नदिए प्रहरीले फेरी पक्राउ गरेर केही समय वेपत्ता पारेको थियो ।
पारिवारिक श्रोतका अनुसार प्रहरीले गैरन्यायिक रुपमा पक्राउ गरि वेपत्ता पारिएको जनाएको छ । फागुन २ गते प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काको रोहबरमा रिहा भएका उनलाई सिभिलमा रहेको प्रहरीले परिवारको सम्पर्कमा जानै नदिई जिप्रकाबाट पक्राउ गरेको थियो । पुनः पक्राउ परेका उनलाई प्रहरीले सुर्खेत पठाएको जिल्ला प्रहरी कार्यलय बाँकेका मुद्धा फाँटका असई दिपेन्द्र शाहीले बताए ।
कर्णाली प्रदेश कार्यलयका प्रबत्ता डिएसपी लोकनाथ तिमल्सिनाका अनुसार शाहीलाई जिल्ला प्रशासन कार्यलयको कस्टडिमा राखिएको छ । उनलाई अभ्रद व्यवहारको मुद्धा लगाइएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले शाहीको परिवारलाई सूचना नदिइ वेपत्ता पारेको थियो । अहिलेपनि आधिकारीक रुपमा सूचना दिएको छैन ।