कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दिनहु बढ्दो आज यति पुग्यो
काठमाडौँ- कोरोना भाइरस संक्रमणका कारण चीनमा अहिले सम्ममा १७ सय ७० मानिसको मृत्यु भएको छ । अन्तराष्ट्रीय सञ्चार माध्यमहरुका अनुसार गएको २४ घण्टामा चीनमा १०५ जना मानिसको मृत्यु भएको छ ।
त्यस्तै, हिजो मात्र चीनमा २ हजार ४८ मा यो भाइरसको नयाँ संकमित भेटिएका छन् भने हुबेई प्रान्तमा मात्रै १९ सय ३३ मानिसमा यसको संक्रमण देखिएको छ ।हाल सम्म चीनमा मात्रै ७० हजार ५४८ मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । हुबेई प्रान्तबाट सुरु भएको यो भाइरसको प्रकोप अहिले सम्ममा विश्वको दश देशमा देखिसकिएको छ ।