विषालु ग्यास चुहिँदा ६ जनाको मृत्यु,कैयौं गम्भीर बिरामी

सोमबार, ५ फाल्गुन २०७६

काठमाडौँ- पाकिस्तानमा विषालु ग्यासका कारण ६ जनाको ज्यान गएको छ भने दर्जनौं गम्भीर बिरामी भएका छन् ।पाकिस्तानको कराँचीमा विषालु ग्यास चुहिएको र उक्त ग्यासका कारण ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमध्ये ३ जना महिला छन् । त्यस्तै १०० बिरामी भएका छन् ।

आइतबार राति उक्त घटना भएको हो । चुहिएको ग्यासँको नाम र स्रोतबारे केही खुलाइएको छैन ।कराचीस्थित कमारी क्षेत्रका मानिसमा श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्या देखिएपछि नजिकैको अस्पताल लगिएको थियो । ग्यास लिक हुनुको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।सिन्ध प्रदेशको राजधानी समेत रहेको कराँची पाकिस्तानको सबैभन्दा ठूलो शहर हो । मुख्य आर्थिक केन्द्रका रूपमा रहेको उक्त शहर नजिकै तेल प्रशोधन केन्द्रहरू पनि छन् ।