मोबाइल र सुनको टप चोर्दाचोर्दै तीन जना रङ्गेहात पक्राउ

सोमबार, ५ फाल्गुन २०७६

काठमाडौँ- उदयपुरमा तीन जना चोर रङ्गेहात पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–३ ठाडी मुसहरी टोली निबासी मिनबहादुर ठकुरीको घरबाट चोरेर भागेका माबाइल र सुनको टपसहित पक्राउ परेका हुन् ।

त्रिनपा–३ मोतिगडा ठाडी निबासी २५ वर्षीय धिरज पाण्डे, २४ वर्षीय अरविन्द चौधरी र त्रिनपा–११ निबासी १९ वर्षीय गणपत भन्ने अम्बर विक रङ्गेहात पक्राउ परेको प्रहरीले जनाएको छ । पाण्डेको साथबाट महिलाने लगाउने एक थान टप, चौधरीको साथबाट माईक्रोम्याक्स मोबाइल सेट एक थान बरामद गरेको प्रहरीले जनाएको छ ।