पतिले ब्लेडले घाँटी रेटेर पत्नीको हत्या
काठमाडौँ- एक २१ वर्षीय युवकले शारीरिक सम्पर्कका क्रममा आफ्नै पत्नीको हत्या गरेका छन् । उक्त घटना ब्राजिलमा घटेको हो ।समाचार अनुसार २१ वर्षीय ती युवकले यौन सम्पर्कका बेला रेजर ब्लेडले घाँटी रेटेर आफ्नै श्रीमतिको हत्या गरेका हुन् । हाल ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले श्रीमतिको हत्या गरेको स्वीकार गरेको पनि प्रहरीले बताएको छ ।आरोपी युवकले श्रीमतिको हत्या गरेपछि आफूले पनि आत्महत्या गर्ने प्रयास गरेको प्रहरीको भनाइ छ ।
आफ्नै पत्नीको हत्या भएको यो घटना ब्राजिलको साओ पोलोस्थित वर्जी पोलिस्टा इलाकामा भएको समाचार माध्यममा जनाइएको छ । २१ वर्षीय आरोपीको नाम मर्सिलो अरौजो भएको र उनले आफ्नी २२ वर्षीया श्रीमति फ्रैसिनेको हत्या गरेको समाचारमा बताइएको छ । उनी हाल प्रहरी हिरासतमा रहेका छन् ।घटना भएको झण्डै डेढ महिनापछि मर्सिलोले फ्रैसिनेको हत्या गरेको पुष्टि भएको हो । प्रहरीले उक्त घटनाबारे ६ हप्तासम्म छानबिन गरेको थियो । छानबिनबाट प्राप्त प्रमाणका आधारमा मर्सिलोले नै फ्रैसिनेको हत्या गरेको खुलेको थियो ।
अभियोग पुष्टि हुनुपूर्व मर्सिलोले अलग अलग बयान दिएका थिए । प्रहरीका अनुसार फ्रैसिने तेस्रो पटक गर्भवती भएकी थिइन् । गर्भलाई लिएर दुबैजनाबीच विवाद भएको थियो । सोही विवादले हत्याको रुप लिएको प्रहरीको भनाइ छ ।हत्या लगत्तै मर्सिलोको घरमा प्रहरी पुगेको थियो । घरमा प्रहरी पुग्दा उनी गम्भीर हालतमा थिए । उनको नाडी र गर्दनमा काटेको निशाना थियो । उनले आफूलाई पीडितको रुपमा प्रस्तुत गर्न खोजेका थिए । तर लामो अनुसन्धानपछि उनले नै श्रीमतिको हत्या गरेको खुलेको छ ।