अभिनेत्री निकिता पर्लको मृत्यु

सोमबार, ५ फाल्गुन २०७६

काठमाडौं- लोकप्रिय फिल्म ‘क्विन अफ कात्वे’मा महत्वपूर्ण भूमिका निभाएकी अभिनेत्री निकिता पर्ल वालिग्वाको निधन भएको छ ।युगान्डामा जन्मिएकी १५ वर्षीय निकिताको ब्रेन ट्युमरका कारण निधन भएको हो । २०१६ मा बनेको विश्वचर्चित फिल्म ‘क्विन अफ कात्वे’मा निकिताले मुख्य पात्रको साथी बनेर अभिनय गरेकी थिइन् ।

जुन फिल्म युगान्डामा स्कुल जान छाडेर नियमित चेस खेल्ने स्थानीय बालबालिकाहरुको जीवनशैलीमा केन्द्रित छ । उक्त फिल्म मिरा नाइरले निर्देशन गरेकी थिइन् ।