विप्लव नेतृत्वको नेकपानिकट विद्यार्थी संगठनका केन्द्रीय कोषाध्यक्ष पक्राउ
काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष पक्राउ परेका छन । सोमबार पक्राउ परेका छन् । अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक सोमबार दिउसो पक्राउ परेका हुन ।
उनलाई अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो १ः३० बजे बानेश्वरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउपछि कोषाध्यक्ष विकलाई अपराध महाशाखा, टेकु लगिएको प्रहरीले जानकारी दिएको छ ।
यसअघि अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाललाई पनि प्रहरी पक्राउ गरेको थियो ।