मोटिभेट समाचार प्रभाव : कम्पनी छोड्दै एलआईसीका अभिकर्ता, शंकटमा एलआईसी नेपाल

मंगलबार, ६ फाल्गुन २०७६

काठमाडौं – मोटिभेट न्यूज डटकमले लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी नेपाल) का कतुर्तहरु एकपछि अर्को गर्दै सार्वजनिक गरेपछि उक्त कम्पनीका अभिकर्ताहरुले भकाभक कम्पनी छोड्न थालेका छन । पश्चिम नेपालमा जीवन बीमा गराउँदै आएका एलआईसी नेपालका अभिकर्ताहरुले कम्पनीले बदनामी कमाएको भन्दै कम्पनी छोडेका हुन ।

कम्पनीबारे आएका समाचारहरुको बारेका कम्पनीले प्रतिक्रिया नदिदाँ जनतामा नकारात्मक प्रभाव परेको भन्दै पश्चिम नेपालको गुल्मी, अर्घाखाँची, स्याङ्जा, नवलपरासी, दाङ, बाँके, बर्दिया, कैलाली लगायतका जिल्लाका अभिकर्ताहरुले कम्पनीको काम गर्न छोडेको बताएका छन । समाचारहरुले सर्वसाधारणमा भारतीय कम्पनीले नेपालमा लुट मच्चाएको र नेपालीहरुकै लगानी रहेका बीमा कम्पनी मार्फत बीमा गर्ने प्रतिक्रिया दिएपछि उनीहरुले एलआईसी छोडेका हुन ।

बीमा गर्नै लागेका व्यक्तिहरुले समाचार देखाउँदै ‘भारतीयको दलाल’ भन्दै हप्काउन थालेपछि आफूले कम्पनी छोडेको गुल्मीका एक अभिकर्ताले प्रतिक्रिया दिएका छन । मोटिभेट न्यूज डटकमसँग कुरा गर्दै एलआईसीका सिनियर अभिकर्ता उनले नाम उल्लेख नगर्ने सर्तमा जनतालाई कन्भिन्स गर्न नसक्दा आफूले कम्पनी छोडेको बताए । उनी मात्र होइन उनी भन्दा मुनिका सबै अभिकर्ताले अर्को कुनै नयाँ कम्पनीमा काम गर्ने निर्णय गरेको उनको भनाई छ ।

मोटिभेट न्यूज डटकमले बिगत लामो समयदेखि कम्पनीका प्रमुख कार्यकारी अधिकृत, उपप्रमुख कार्यकारी अधिकृत र कम्पनीका आइटि क्यानेजर भारतीय सरकारी कर्मचारी भएको समाचार प्रकाशन गरेपछि धेरै अभिकर्ताले कम्पनीमा काम गर्न छोडेको बताएका छन । सुरुका दिनहरुमा मोटिभेटका सम्पादकलाई धम्की दिदै टेलिफोन गर्ने अभिकर्ताहरुले पछिल्लो समयमा प्रकाशित ‘नेपाल लुट्न आएको एलआईसीले करोडौं करछली गरेको खुलासा, हेर्नुहोस् शक्तिको आडमा यसरी हुन्छ ब्रमलुट’ शिर्षकको समाचारले भावुक बनाएको उनीहरुको भनाई छ ।

कम्पनीको मेरुदण्डका रुपमा रहेको अभिकर्ताहरुले काम गर्न छोडेपछि कम्पनी शंकटमा परेको छ । ‘हामीलाई वा कम्पनीलाई समस्या पर्दा कम्पनीले संरक्षण गर्छ भन्ने लागेको थियो तर त्यो गलत रहेछ’ कैलालीमा अभिकर्ताको काम गर्ने एक अभिकर्ताले गुनासो पोखे । उनले अगाडि भने, ‘अरु कम्पनीहरुले आफ्ना विरुद्धमा आएका समाचार रोकेर समस्याको समाधान गरेको देखिन्छ तर एलआईसीले यस विषयमा चासो नदेखाएको देख्दा अच्चम लाग्यो । के साँच्चै समाचार रोक्न पनि भारतकै अनुमति लिन पर्ने हो र ?’ ति अभिकर्ताले प्रश्न गरे ।

सुरुका दिनमा कम्पनीका समाचारहरु सार्वजनिक भएपछि धम्की दिदै मोटिभेट न्यूज डटकमका सम्पादकलाई टेलिफोन गर्नेहरुले नै कम्पनी छोडेका छन । कम्पनी छोड्नेमा बजार इलाकाका धेरै रहेको बुटवलबाट एक अभिकर्ताले मोटिभेटलाई टेलिफोन गरि जानकारी दिए । उनीहरु भर्खरै खुलेको नयाँ कम्पनीमा गएर काम गर्ने सोच बनाएको बताइएको छ ।

समाचार रोक्नेबारे

मोटिभेट न्यूज डटकमले बारम्बार समाचार लेख्नुको तात्पर्य उसले आफ्ना बदमासीहरु रोकिनु पर्छ भन्ने हो । हामीले उठाएका विषयहरु कर्मचारी व्यवस्थापन, करछली, हुण्डीको कारोबार, बोनसबारे भ्रम, नयाँ पोलिसीहरुमा त्रुटिलगायतका हुन ।

नेतृत्व तहमा भारतीय कर्मचारीलाई किन कानुन विपरित नियुक्ती गरेको ? सिइओ भारतबाटै ल्याउनुपर्ने भए डिसिइओ र आइटि क्यानेजरपनि भारतबाटै ल्याउनुपर्ने के बाध्यता आइपर्यो ? २०७४/७५ को बोनसलाई अहिलकै हो जसरी प्रचार गरिएको छ, उसका केही नयाँ बीमा योजनाहरुमा त्रुटि भेटिएको, राज्यलाई १४ करोडभन्दा बढि कर तिर्न बाँकी रहेको र राज्यलाई कर तिर्न किन आनाकानी गरेको ? हुण्डी मार्फत नेपाली जनाताको पैसा किन भारत पठाएको ? लगाएका विषयहरु उठाएका छौं ।

नेपालमा नेपालको कानुन अनुसार स्थापना भएको कम्पनीले नेपालको कानुन मान्नेकी नमान्ने ? भन्ने विषय मोटिभेट न्यूज डटकमले जोडदार रुपमा उठाएको छ । यी र यस्तै विषयहरु समेटेर मोटिभेट न्यूज डटकमले कम्पनीका सूचना अधिकारी विनोद भुजेलसँग लिखित जवाफ पनि मागेको थियो । सूचनाको हकको प्रयोग गर्दै माग गरिएका उक्त सूचनाहरु कम्पनीले लामो समय वितिसक्दा पनि उपलव्ध गराएको छैन ।

मोटिभेटसँग कम्पनीको भित्री सूचनाहरु र कर्मचारीले ब्यक्तिगत रुपमा गरेका बदमासीहरुको प्रमाणहरु प्राप्त भएका छन । एलआईसीले अटेरि गर्दै आफ्ना कमजोरीहरु नसच्याए मोटिभेट न्यूज डटकमले ती बदमासीहरु पनि एक पछि अर्को गर्दै पर्दाफाँस गर्दै जानेछौं ।

यस विचमा हामीलाई प्रलोभनमा पार्न कम्पनीका सूचना अधिकारी, कम्पनीका अभिकर्ताहरुले विभिन्न माध्ययमबाट असफल प्रयास गरेका थिए । कहिले आफन्तको प्रयोग, कहिले एक करोडको अफर र कहिले प्रहरीमा उजुरी दिएरै भएपनि तह लगाउने प्रयास भएको थियो तर उक्त प्रयास सफल हुन सकेन ।

यो पनि पढ्नुहोस्

१) नेपालमा भ्रम छर्दै भारतीय बीमा कम्पनी, यस्तो छ नेपाली लुट्ने एलआइसीको नयाँ धन्दा

) भारतीय बीमा कम्पनीको नेपालमा लुट, बीमा समितिलाई झुक्याएर ठगी

) एलआइसीको ‘जीवन बचत बीमा योजना’मा ‘त्रुटि’ नै ‘त्रुटि’

) एलआइसी नेपालमा जीवन बीमा गर्दै हुनुहुन्छ ? पख्नुहोस… फस्नुहोला !

५) जनताको प्रश्न : एलआइसी बन्द भए हाम्रो बीमा के हुन्छ ?

६) एलआइसी काण्ड : आफ्नो बदमासी ढाकछोप गर्न विज्ञप्तिको नाटक (विज्ञप्तिसहित)

७) आफ्ना कर्तुत लुकाउन एलआइसीको फण्डा : पत्रकारलाई करोडको अफरदेखि प्रहरीमा उजुरीसम्म

८) भारतीय बीमा कम्पनी एलआईसीमा संचालक समितिको ब्रमलुट, यसरी हुन्छ ‘मामाको धनमा फुपुको श्रद्दा’

९) नेपाल लुट्न आएको एलआईसीले करोडौं करछली गरेको खुलासा, हेर्नुहोस् शक्तिको आडमा यसरी हुन्छ ब्रमलुट