बीस बीस बीस

मंगलबार, ६ फाल्गुन २०७६

काठमाडौँ –  एकजना साहुकी तसोह्र वषीय छोरी थिइन । उसको विवाह गने विचारले साहुले नाईलाई (हजाम ) केता खोज्न पठाए । नाई अको गाउँमा पुग्यो । त्यहाँका साहुले नाईलाई सगुन खुवाएर विवाह पक्का गरेर फिर्ता पठाए । फर्केर आपनै गाउँ आएपछि साहुले साहुले नाईसँग सोधे– ’’भन ठाकुर । विवाहको कुरा मिलाएर आायौ ? नाईले भन्यो– ’’अँ साहुजी । कुरो मिल्यो ।“ ’’ वर कस्ता छन,? कुन अवस्थाका छन, ?“साहुले साधे ।
नाईले भन्यो –’’बीस , बीस, बीस ।“साहुले साधे–’’अनि धनसम्पनि ? “ नाईले भन्यो –’’धन त कति हो कति । कसैले यता बोकेर गएका छन, कसैले उता बोकेर गएका छन , तर उनी हेर्दा पनि हेदैनन, ।“ साहुल साधे–’’अनि इज्जत र भलादमीपना ? नाईे भन्यो –’’चारजना मान्छे जहिले पनि सँगै हुन्छन । इज्जत मर्यादाको बारेमा यो भन्दा के चाहियो र ?’’ साहुले साधे–’’बरको स्वभाव कस्तो छ नि ?“नाईलेभन्यो –’’के भन्नु र, कसैले गाली गरे पनि केही भन्दैनन । एकदम सीभा सरल स्वभाव छ ।“साहु त्यस्तो कुरासुनेर निकै खुशी भए । छोरीका लागि एकदम राम्रो केटा पाइयो भनेर उनले विवाह पक्का गारिदिए । जे जे विवाह अगाडिको कर्महरु गर्नुपने थियो, त्यो सबै गारिदिए । जब विवाहको दिन आइो र जन्ती आयो र वरलाई चारजनाले उठाएर आसनमा बसाए । साहु केटा देखेर अचम्म परे । साहुले त्यस्तो केटा देखेर नाईलाई सोधे –“तिमीले त बीस वर्षको छ भनेको हैन ?’’नाईले भन्यो – ’’साहुजी । तपाईले कुरा बुइनु भएन भने मैले त बीस , बीस र बीस भनेको थिएँ नि । साहुजीले फेरि सोधे –’’केटा त अन्धो पनि छ नि त ?“ ननईले फेरि भन्यो – “साहुजी । कैले उसको घरबार जसले जे लगेपनि हेदै–हेदैन पनि त भनेको थिएँ नि ।“साहुले वरसँग भने– “जल लिनुहोस । आचमन गर्नुहोस ।’’ तर वरले केह ीभनेन , केही गरेन । साहुले फेरि नाईलाई बोलाएर भने–’’हैन , यढो त कान पनि सुन्दैन ।“नाईले भन्यो –“ साहुजी , मैले के भनेको थिएँ , सम्झनसहोस त । मैले , कसैले गाली गरे पनि केही भन्दैनन , एकदम सीधी सरल स्वभाव छ भनेको थिएँ नि ।“विवाह हुँदै गर्दा पण्डितले वरलाई भने –“तपाई ऊ त्यो पाटामा जानुहोस ।“ त्यतिबेला चारजनाले उचालेर उनलाई पाटामा राखे । साहुले नाईलाई भने –“केटा त लङगडो पनि छ ।“ नाईले भन्यो – ’’चारजना मान्छे जहिले पनि सँगै हुन्छन । त्यस्तो इज्जतदार छ भनेके हैन ।“
तर्सथ ः विवाह गर्दा पिता आफैँले एकदम बुझेर मात्र छोरीको विवाह गरिदिनुपर्छ ।