आज प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् एजेन्डा

मंगलबार, ६ फाल्गुन २०७६

काठमाडौं- प्रतिनिधिसभा बैठक आज बस्दैछ।बैठक मंगलबार दिउँसो १ बजेका लागि डाकिएको संघीय संसदको महाचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कानुन न्याय तथा संसदीय मन्त्रालयसम्बन्धी मौखिक प्रश्‍नहरु सोधिने र तिनको उत्तर दिइने कार्यसूचीमा रहेको छ।यस्तै आजको बैठकमा विभिन्न विधेयक र प्रस्तावहरु पेश हुने कार्यसूचीमा उल्लेख छ।