जिल्ला न्यायाधीशको हत्या

मंगलबार, ६ फाल्गुन २०७६

काठमाडौँ -अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा एक जना जिल्ला न्यायाधीशको तालिवानी लडाकू समूहले हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन् ।हेरातको इन्जिल जिल्लाका न्यायाधीश रहिम अजिमीलाई तालिबान लडाकूको एक समूहले सोमबार राति गोली हानी हत्या गरेका थिए ।

प्रान्तीय सरकारका प्रवक्ता जैलानी फरहादले तालिबानी लडाकू समूहले हिंसात्मक कारबाही स्थगित गर्ने घोषणा गरे पनि व्यक्ति हत्याको ज्यादती नरोकिएकामा चिन्ता व्यक्त गरे।साप्ताहान्तमा कन्दहार प्रान्तको डन्ड जिल्लामा तालिबान समूहको आक्रमणमा दुई जना प्रहरी अधिकृतहरु मारिएका थिए ।अफगानी स्वतन्त्र मानव अधिकार आयोगका अनुसार गत वर्ष सन् २०१९ मा मात्र दुई हजार ८०० भन्दा बढी सर्वसाधारणको हत्या हुनुका साथै ७ हजार ९५० जनाभन्दा बढी घाइते भएका छन् ।

यो पनि पढनु होस् 

 

मोटिभेट समाचार प्रभाव : कम्पनी छोड्दै एलआईसीका अभिकर्ता, शंकटमा एलआईसी नेपाल