आँचललाई फ्यानको प्रश्न–‘के बिहेपछि पनि फिल्म खेल्नुहुन्छ ?आँचलले यस्तो भनिन्
काठमाडौँ- नायिका आँचल शर्मा आफ्ना प्रेमी डाक्टर उदिप श्रेष्ठसँग फागुणको २९ गते बिहे गर्दैछिन् । आँचलको जीवनसाथी बन्दै गर्दा आँचल उत्साहित छिन् । उनै, आँचललाई सामाजिक संजालमा फ्यानले उदिपसँग सम्बन्धित विभिन्न बिषयमा प्रश्न सोधेका छन् । एक जना फ्यानले आँचललाई सोधेका छन्–‘के तपाई बिहेपछि पनि चलचित्र खेल्नुहुन्छ ?यसमा आँचलले जवाफ दिइन्–‘किन नगर्नु, पक्कै पनि गर्छु ।’ आँचलले बिहेपछि पनि चलचित्रलाई निरन्तरता दिने बताएपछि उनका फ्यान खुशी भएका छन् ।
अर्का एकजना फ्यानले उनलाई सोधेका छन्–‘तपाइलाई उदिप सरको के कुरा मन पर्यो ?
उनले जवाफमा लेखेकी छिन्–‘मलाई त उदिपजीको सबै कुरा मन पर्यो ।’ फ्यानसँग आँचलले उदिप र आफ्नो बिषयमा प्रश्नोत्तर गरेका कारण पनि उनी आफ्नो बिहे र सम्बन्धलाई लिएर उत्साहित रहेको प्रष्ट हुन्छ ।