चीनमा उद्योग बन्द भएपछि सिटामोलको मूल्य बढ्यो
काठमाडौँ -कोरोना भाइरसको संक्रमण वृद्धिको असर चीनको साथसाथै भारतमा पनि देखिन थालेको छ । ब्लूमबर्गको रिपोर्टअनुसार चीनबाट आपूर्तिमा अवरोध आएपछि भारतमा प्यारासिटामोलको मूल्य ४० प्रतिशतले बढेको छ ।
यडस क्याडिलाका अध्यक्ष पंकज आर पटेलका अनुसार ब्याक्टेरिया संक्रमणको उपचारमा प्रयोग हुने एन्टिबायोटिक एजिथ्रोमाइसिनको मूल्य ७० प्रतिशतसम्म बढेको छ ।पटेलका अनुसार आउँदो महिनाको पहिलो हप्तासम्म चीनबाट आपूर्ति सुरु नभए पूरै औषधि उद्योगमा इंग्रीडिएन्टसको कमि हुनसक्छ ।