जान्नुहोस कोरोनाभाइरस कति समय रहन्छ ?
काठमाडौँ- सङ्क्रमित वस्तु वा क्षेत्रमा कति समय कोरोनाभाइरस रहन्छ भन्नेबारे अहिलेसम्म थाहा पाउन सकिएको छैन। तर, केही वैज्ञानिकहरू अन्य भाइरसको प्रकृति हेरी यसबारे थप जानकारी लिन खोजिरहेका छन्।प्रायः जनावरहरूमा देखिने भाइरसको समूह हो, कोरोनाभाइरस। कुनैकुनै भाइरस मात्र जनावरबाट मानिसमा सर्न सक्छ।कुन जनावरबाट यो भाइरस उहानमा मानिसमा सरेको भन्ने यकिन छैन। तर, केही पुराना अध्ययनले भने कोरोनाभाइरसअन्तर्गतकै मर्स भाइरस ऊँटबाट र सार्स बिरालोबाट सरेको देखाएको छ।मर्स र सार्स भाइरसजस्ता मानिसमा देखिने कोरोनाभाइरस धातु, सिसा र प्लास्टिकमा झन्डै नौ दिनसम्म बस्न सक्छ। यसबारे गत महिना ‘द जर्नल अफ हस्पिटल इन्फेक्सन’मा एउटा अध्ययन प्रस्तुत भएको छ।
सामान्य घरेलु विधिबाट सरसफाइ गर्दा मानिसमा कोरोनाभाइरस घट्न सक्ने देखाउँछ।कोभिड–१९ नाम दिइएको यो भाइरस सार्स र मर्सजस्तो खतरनाक नभएको विश्व स्वास्थ्य संगठनले बताएको छ।
सार्स भाइरस यस नोभेल कोरोनाभाइरससँग ज्यादा मिल्छ, हालसम्म परीक्षण गरिएका कोरोनाभाइरससँग झन्डै ८० प्रतिशतसम्म सार्स भाइरस मेल खान्छ। सार्सको भाइरस कुनै पनि वस्तुमा पाँच मिनेटदेखि नौ दिनसम्म बस्न सक्छ।
तर, यही कुरा नोबेल कोरोनाभाइरसमा पनि लागू हुन्छ भन्न गाह्रै छ। यसका लागि थप अध्ययन भने जरुरी नै हुन्छ।कोरोनाभाइरस खोकी र सिंगानमार्फत् धेरै फैलिनसक्ने अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ। तर, यो वस्तुहरूमा भने लामो समय बस्न नसक्ने देखिन्छ।
सङ्क्रमित व्यक्तिले छोएको वस्तु छोएर र त्यसपछि मुख, नाक वा आँखाबाट यो भाइरसको सङ्क्रमण लाग्ने सम्भावना हुन्छ। तर, यो मात्र प्रमुख कारण भने होइन।कोभिड–१९ नाम दिइएको यो भाइरस सार्स र मर्सजस्तो खतरनाक नभएको विश्व स्वास्थ्य संगठनले बताएको छ। सङ्क्रमितमध्ये झन्डै ८० प्रतिशतमा ज्वरो देखिएको र निको भएको देखिन्छ भने १४ प्रतिशतमा निमोनियासम्म बढेको देखिन्छ। मात्र ५ प्रतिशतमा यसले गम्भीर स्वास्थ्य असर देखाएको र त्यसमा पनि अझ २ प्रतिशत र अझ वृद्धहरूमा मृत्युको सम्भावना रहन्छ।भाइरसबाट नआत्तिन र समय–समयमा हात छुने, सङ्क्रमितसँग संसर्ग नियन्त्रण गर्ने र ‘क्वारेन्टाइन’मा राख्न जनस्वास्थ्य निकायहरूले सुझाव दिएका छन्।