प्रेरक प्रसंग : जस्तालाई त्यस्तै गर्ने बुहारी !
काठमाडौं–एकजना महिलाकी बुहारी निकै कर्कशा र दुष्ट थिई । केही काम नगरी खालि सासुसँग झगडा मात्र गरेर दिन कटाउँथी । ऊ सासुलाई असाध्यै अत्याचार गर्थी । सासुलाई च्यातिएक ,पुरानो कपडा लागाउन दिन्थी । खान पनि एकदम नराम्रा गरेर राखेकी थिई । खाना पनि माटाको कतरामा दिने गर्थी ।
उसको छोरो पनि थियो । त्यो केटाकोे उमेर पुगेपछि उसले विवाह गरिदिई । ऊ आफ्नो सासुसँग राम्रो व्यवहार त गर्दिनथिई , तर बुहारीलाई भने एकदम माया गर्नथाली । बुहारी पनि आफ्नी सासुले बुढी सासुलाई गरको व्यवहार देखिरहन्थी । सासुले विस्तारै बुहारीकै हातमा बूढी सासुको खाना कतरामा हालेर पठाउन थालिन् । ऊ बूढी सासूलाई खाना खुवाएर त्यो कतरालाई एउटा कुनामा मिलाएर राख्न थाली । राख्दा राख्दै ती कतराहरुको ठूलै थुप्रो लाग्यो । एकदिन सासूले बुहारीलाई सोधी–‘यो कतराहरु त थुप्रिदै गएर धेरै नै ठाउँ ओगटे, किन नफुटाएको ?’ उसले उत्तर दिई– ‘सासुआमा, भोलिपर्सि मैले हजुरलाई केमा खान दिने नि ? त्यसैले अहिलेदेखि नै जम्मा गरेर राखेकी ।’ यो सुनेर उसले आफ्नी सासुप्रतिको दुष्ट व्यवहार छोडीदिई ।