कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या कति ?
काठमाडौँ- चीनमा कोरोनाभाइरस (कोभिड(१९ं) बाट दुई हजारभन्दा बढीको मृत्यु भएको छ । चीनको राष्ट्रिय आयोगका अनुसान बुधबार बिहानसम्म दुई हजार १२ जनाको मृत्यु भइसकेको छ ।मृत्यु भएकामध्ये दुई हजार ६ जनाको चीनमा र बाँकीको चीनभन्दा बाहिर मृत्यु भएको हो । चीनको मुख्यभूमि बाहिर हङकङमा दुई र जापान, ताइवान, फ्रान्स र फिलीपिन्समा एक एक जनाको मृत्यु भएको हो ।
अहिलेसम्म विश्वभर ७५ हजार २१६ जनामा कोरोनाभाइरसको संकेत देखा परेको छ । संक्रमित भएकामध्ये १५ हजारभन्दा धेरैलाई सञ्चो भइसकेको छ ।