महराले भने एमसीसी टेबुल गर्न अनुमति नदिएको कारण मलाई फसाईयो

बुधबार, ७ फाल्गुन २०७६

काठमाडौँ- पूर्वसभामुख कृष्ण बहादुर महराले आफुले कुनै किसिमको गल्ति नगरेको दाबी गर्दै आफुलाई सुन्योजित रुपमा फसाइएको उल्लेख गरेका छन् । इमेज च्यानलसंगको कुराकानीका क्रममा सांसद महराले कसका कारण आफु जेल जानु परेको भन्ने कुरा खुलाउन चाहेनन् ।आफुलाई सुन्योजित रुपमै फसाइएको स्वीकारेका महराले भने अहिले कसले र के कारणले फसाए भन्ने विषयपछि मात्र खोल्छु भन्दै जवाफ दिएका छन् । रोशनी शाहीसंगको सम्बन्धको विषयमा समेत आफु अहिले बोल्न नचाहेको बताएका छन् । अदालतले फैसला जे सुनायो त्यो नै सत्य हो भनि दा,बी समेत गरेका छन् महराले ।

सभामुख पदबाट राजिनामा दिनुपर्ने विषय देखि जेल यात्रा विषयमा महराले भने, “मैले कुनै खालको गल्ति गरेको थिईन जुन म ढुक्क थिएँ । मलाई फसाइएको हो र यो कुरा म चाडै नै सार्वजनिक गर्नेछु । म माथि आ,रोप लागे पश्चात मैले सार्वजनिक पदबाट राजिनामा दिएर अनुसन्धानलाई सहयोग गरेको थिए ।”मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्न न मानेको कारण फसाइयो भन्ने प्रश्नमा महराले भने, “मैले एमसीसी अनुमोदन गर्दिन कहिले पनि भनेको थिईन । मैले नै यो विषय उठाएको हुँ र यो विषयमा मलाई भन्दा बढि अरुलाई थाहा पनि छैन होला । यो अनुमोदन हुन्छ तर अलिपछि गरौला भनेर टेबुल गर्न अनुमति नदिएको चाहिँ हो । त्यहि कुराले पनि मलाई फ,साउन खोजेको हो जुन कुरा प्रधानमन्त्री ज्युले पनि भनिसक्नु भएको छ । कसले र किन भन्ने कुरा म कुनै दिन खु,लस्त भन्ने नै छु ।”

यस का,ण्डमा सफाइ पाएकोमा खुशी भएका महराले आफ्नो राजनीतिक यात्रा नसकिएको समेत जि,किर गरेका छन् । आफु फेरि सक्रिय भएर राजनीतिमा लाग्ने उल्लेख गरेका छन् । जनताले आफु बाहिरिदा साथ र समर्थन दिएको देख्दा यस मु,द्दाले कुनै खालको स,मस्या नपरेको कुरा समेत प्रष्टाएका छन् ।